• मंसिर १४, २०८१
  • No Comment
  • 131

सामाजिक सञ्जालद्धारा युवतीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

सामाजिक सञ्जालद्धारा युवतीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन ।नुवाकोटको शिवपुरी गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरेन्द्र केसीलाई साइबर ब्युरोले पक्राउ गरेको हो ।

एसपी दिपकराज अवस्थीका अनुसार सामाजिक सञ्जालबाट प्रेम प्रस्ताव राख्दै भिडिओ कल गर्ने क्रममा अश्लील अंग देखाउन लगाएर रेकर्ड गरी आफू र आफन्तलाई समेत पठाई अपमान र बेइज्जत गरेको भनी पीडित युवतीले साइब ब्युरोमा निवेदन दिएकी थिइन् । उजुरी परेपछि प्रहरीले केसीलाई पक्राउ गरेको छ ।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राख्न पाँच दिनको अनुमति लिइसकेको छ ।

उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *