• कार्तिक २१, २०८१
  • No Comment
  • 146

कोशी र गण्डकीका पहाडी भागमा चट्याङसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जानकारी दिएको छ । विभागका अनुसार आज (बुधबार) दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे छ ।

त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा आंशिक बदली रहने विभागले जारी गरेको सूचनामा उल्लेख छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभावका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत…
आज यी स्थानमा हल्का वर्षाको सम्भावना

आज यी स्थानमा हल्का वर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया…
आज कोशी र बागमती प्रदेशमा धेरै वर्षाको सम्भावना, तराईमा हावाहुरी

आज कोशी र बागमती प्रदेशमा धेरै वर्षाको सम्भावना, तराईमा…

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *