• कार्तिक १२, २०८१
  • No Comment
  • 236

रास्वपाले रवि लामिछाने पक्राउ राजनीतिक प्रतिशोध भन्दै बृहत पर्दशन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पक्राउ राजनीतिक प्रतिशोध भन्दै सोमबार बालुवाटारमा बृहत् प्रदर्शन गर्दैछ ।

‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्ने नारासहित रास्वपाले सभापति लामिछाने पक्राउविरुद्ध निरन्तर प्रदर्शन गर्दै आइरहेको छ ।

रास्वपाले आइतबार माइतीघरदेखि बानेश्वरसम्म नाराबाजी, प्लेकार्डसहित र्‍याली निकालेको थियो । सहकारी ठगी प्रकरणमा २ कात्तिकमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ गरेर लामिछानेलाई कास्की लगेपछि रास्वपाका नेता-कार्यकर्ताले पोखरामा प्रदर्शन थालेका थिए । प्रदर्शनकै क्रममा लामिछानेलाई बिहीबार दोस्रोपटक सात दिनका लागि म्याद थपिएपछि रास्वपाले शुक्रबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेको छ ।

कार्यवाहक प्रवक्ता मनप्ष झाले दुईतिहाइ सरकारको प्रतिशोधविरुद्ध आन्दोलन जारी रहेको बताए । उनका अनुसार राजनीति प्रतिशोध र अधिनायकवादविरुद्ध मंगलबार बालुवाटारको नेपाल हाउसमा भेला भएर बृहत् प्रदर्शन हुँदै छ ,

पोखरामा लामिछाने पक्राउ विरुद्ध जन प्रर्दशन भने धेरै देखिएको थिएन ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *