• कार्तिक १२, २०८१
  • No Comment
  • 279

रास्वपाले रवि लामिछाने पक्राउ राजनीतिक प्रतिशोध भन्दै बृहत पर्दशन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पक्राउ राजनीतिक प्रतिशोध भन्दै सोमबार बालुवाटारमा बृहत् प्रदर्शन गर्दैछ ।

‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्ने नारासहित रास्वपाले सभापति लामिछाने पक्राउविरुद्ध निरन्तर प्रदर्शन गर्दै आइरहेको छ ।

रास्वपाले आइतबार माइतीघरदेखि बानेश्वरसम्म नाराबाजी, प्लेकार्डसहित र्‍याली निकालेको थियो । सहकारी ठगी प्रकरणमा २ कात्तिकमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ गरेर लामिछानेलाई कास्की लगेपछि रास्वपाका नेता-कार्यकर्ताले पोखरामा प्रदर्शन थालेका थिए । प्रदर्शनकै क्रममा लामिछानेलाई बिहीबार दोस्रोपटक सात दिनका लागि म्याद थपिएपछि रास्वपाले शुक्रबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेको छ ।

कार्यवाहक प्रवक्ता मनप्ष झाले दुईतिहाइ सरकारको प्रतिशोधविरुद्ध आन्दोलन जारी रहेको बताए । उनका अनुसार राजनीति प्रतिशोध र अधिनायकवादविरुद्ध मंगलबार बालुवाटारको नेपाल हाउसमा भेला भएर बृहत् प्रदर्शन हुँदै छ ,

पोखरामा लामिछाने पक्राउ विरुद्ध जन प्रर्दशन भने धेरै देखिएको थिएन ।

सम्बन्धित खबर

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। स्वस्थ जीवनका लागि सही खानपिन, नियमित व्यायाम र सकारात्मक जीवनशैली अत्यन्त आवश्यक हुन्छ। रोग लागेपछि…
पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *