• अशोज १४, २०८१
  • No Comment
  • 232

नेकपा एमाले चौकुने गाउँपालिका कमिटीको चौथो पुर्ण बैठक बिजौरामा सम्पन्न

नेकपा एमाले चौकुने गाउँपालिका कमिटीको चौथो पुर्ण बैठक आज चौकुने ४ बिजौरामा सम्पन्न भएको छ। बैठक नेकपा एमाले चौकुने गाउँपालिका कमिटका अध्यक्ष शंकर बि क को अध्यक्षता र नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेकपा एमाले सुर्खेत जिल्ला ईन्चार्ज नवराज रावत को प्रमुख अतिथ्यमा सम्पन्न भएको हो।

बैठकमा बिभिन्न प्रस्ताव माथि छलफल गर्दै पार्टी सुढिकरण तथा बिस्तार अभियानमा निरन्तरता दिने, नयाँ र पुरानो सदस्यता सुढिकरण अभियान चलाउने कमिटीका सचिव केशर नामजालि मगरले जनकारी दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य नवरात रावतले नेकपा एमालेले अगाडि सारेका विकास र समृद्धिका योजनाअनुसार अगाडि बढ्न सकेमा मात्र देशका तमाम समस्या समाधान हुने बताउनुभयो ।

नेकपा एमाले जनताको अगाडि लोकप्रिय बन्दै गएको जनाउँदै केन्द्रीय सदस्य रावतले अबका सबै निर्वाचनमा एमाले बहुमतका साथ पहिलो पार्टी बन्ने भएकोले जनताको घरदैलोमा पुगेर समस्यालाई सम्बोधन गर्न पालिका कमिटीका सम्पूर्ण सदस्यहरुलाई निर्देशनसमेत दिनुभयो बैठकमा बोल्दै जिल्ला कमिटी अध्यक्ष कुलमणी देबकोटाले पार्टीमा कुनै किसिमको डरलाग्दो भयावह अवस्था नरहेको तर एउटा बिरुवा फल खानको लागि लगाइएको हुन्छ वा मानिसलाई सितल दिन्छ भनेर लगाइएको र मानिसलाई अक्सिजन जस्तो महत्वपूर्ण चिज दिनका लागि लगाइएको हुन्छ , त्यसै गरि घर विभिन्न किसिमको असुरक्षा बाट जोगिनको लागि बनाइएको हुदा नेकपा एमालेले पनि आफैले लगाएको बिरुवा आफैले काटेर दाउरा बनाउन नहुने र आफैले लगाएको घर भत्काएर आफै असुरक्षित नहुन पार्टीका सबै नेताहरूलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष मोहनसिंह बडुवाल प्रदेशकमिटी सदस्य तथा चौकुनेका पार्टी ईन्चार्ज हरि खनाल जिल्ला कमिटी सचिवालय सदस्य गोपाल बि सि , निर्मला राना , काशिराम देबकोटा ,खड्क थापा, कमलबहादुर कठायत ,पुर्ब चौकुने गाउँपालिका अध्यक्ष धिर बहादुर शाही चौकुने गाँउ पालिका वडा न ६ का वडा अध्यक्ष गोबिन्द थापा वडा न ५ का वडा अध्यक्ष तुलाराम हिस्की मगर वडा न ३ का वडा अध्यक्ष गणेश राना मगर वडा न ७ का पुर्ब वडा अध्यक्ष अमर बहादुर बि सी यस्तै एमाले नेता हरिश्चन्द्र थापा ,रतन चलाउने , पुर्ब कार्यपालिका सदस्य चक्र बहादुर ,कमल ढकाल र पालिका कमिटीका उपाध्यक्ष लछिराम अाले मगर , लगायत सम्पूर्ण पालिका कमिटीका सदश्यहरुको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढेसँगै धेरै मानिसमा घाँटी खसखस हुने, चिलाउने, बारम्बार खकार निकाल्न मन लाग्ने तथा खोकी लागिरहने…
कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

सुर्खेत, जेठ १५ — बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता…
चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु वडा अध्यक्ष र प्रहरीको रोहवरमा नष्ट

चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा घाटगाउँको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *