• अशोज ७, २०८१
  • No Comment
  • 263

डान्सबारमा आएका ग्राहकलाई अनुचित रकम असुलेको आरोपमा संचालकसहित ३ जना पक्राउ

काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित फ्लोरिडा डान्सबार एण्ड रेष्टुरेन्टका संचालक सरद तामाङसहित तीन जना पक्राउ परेका छन ।
ग्राहकबाट रकम असुली गर्ने र उक्त रकम नदिएमा कुटपिट गरी रकम असुल गर्नुका साथै ज्यान लिने धम्की दिने गरेको गरेको भन्ने उजुरीको आधारमा शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-२ घर भई काठमाडौं बनस्थली बस्ने ३२ वर्षीय सरद तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-११ घर भई काठमाडौं मनमैजु बस्ने २१ वर्षीय कृष्ण तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-११ घर भई काठमाडौं शेषमती बस्ने २६ वर्षीय अजय तामाङ रहेका छन् ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । बाँकि अनुसन्धान अगाडी बढीरहेको प्रहरी स्रोतले जनाएको छ र

सम्बन्धित खबर

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

मुस्ताङ — हिमाली जिल्ला मुस्ताङमा उच्च उचाइका कारण हुने ‘हाइअल्टिच्युड सिकनेस’ (लेक लाग्ने समस्या) बाट चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ९…
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ ३१ — देशभर आज चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय…
कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने घरेलु उपाय के–के छन्?

कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने…

बालबालिकामा कब्जियत एक सामान्य स्वास्थ्य समस्या भए पनि समयमै ध्यान नदिँदा यसले दीर्घकालीन जटिलता निम्त्याउन सक्छ। विशेषज्ञहरूका अनुसार असन्तुलित खानपान, जंकफुडको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *