• अशोज ७, २०८१
  • No Comment
  • 87

डान्सबारमा आएका ग्राहकलाई अनुचित रकम असुलेको आरोपमा संचालकसहित ३ जना पक्राउ

काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित फ्लोरिडा डान्सबार एण्ड रेष्टुरेन्टका संचालक सरद तामाङसहित तीन जना पक्राउ परेका छन ।
ग्राहकबाट रकम असुली गर्ने र उक्त रकम नदिएमा कुटपिट गरी रकम असुल गर्नुका साथै ज्यान लिने धम्की दिने गरेको गरेको भन्ने उजुरीको आधारमा शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-२ घर भई काठमाडौं बनस्थली बस्ने ३२ वर्षीय सरद तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-११ घर भई काठमाडौं मनमैजु बस्ने २१ वर्षीय कृष्ण तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-११ घर भई काठमाडौं शेषमती बस्ने २६ वर्षीय अजय तामाङ रहेका छन् ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । बाँकि अनुसन्धान अगाडी बढीरहेको प्रहरी स्रोतले जनाएको छ र

सम्बन्धित खबर

काठमाडौँ महानगरपालिका– २४ स्थित मखन टोलमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । बिहान ६ः५० मा सुरु भएको आगलागी बिहान…
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बेलुका ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक तय भएको प्रधानमन्त्री ओलीको…
दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८…

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८७ अङ्कले घटेर दुई हजार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *