- अशोज ७, २०८१
- No Comment
- 42
हलासन योग कसरी गर्ने हेर्नुहोस
हलासन एक याेग अासन हाे । याे अासनले स्वास्थ्यमा दिने धेरै लाभहरू छन । याे दुई शब्दहरू ’हलो’ र ’आसन’ मिलेर बनेको हो । हलो जसले किसानले खेत जोत्छ र आसन भनेको बस्नु हो ।
यो आसनलाई अङ्ग्रेजीमा ‘प्लो पोज’ भनिन्छ । यो योग आसन गर्नाले पाचन प्रणाली बलियो हुनुका साथै शरीरलाई अन्य धेरै फाइदा पनि हुन्छ ।
दैनिक हलासन गर्नाले पाचन प्रणाली बलियो बन्नुका साथै पेट सम्बन्धी समस्याहरू जस्तै अपच, ग्यास, कब्जियत र क्रयाम्प आदिबाट छुटकारा पाउन सकिन्छ । यस बाहेक यो आसन गर्नुका अन्य धेरै फाइदाहरू छन् ।
हलासन गर्ने विधि हेर्नुहाेस
– उत्तानो फर्केर जमिनमा सुत्ने ।
– अब श्वास भित्र भर्दै बिस्तारै खुट्टालाई उठाउने, पहिले ३० डिग्री र पछि ६० डिग्रीसम्म उठाएपछि खुट्टालाई टाउकोभन्दा पछाडिसम्म पुर्याउँदै श्वास बाहिर फाल्दै जाने ।
– खुट्टालाई टाउको पछाडि जमिनमा टेकाउने ।
– यो स्थितिमा ठाडो नहुन्जेल वा ३० सेकेन्डसम्म बस्ने ।
– फर्केर आउँदा जुन क्रमले माथि आइन्छ, त्यही क्रमले खुट्टा बिस्तारै झार्दै भुईँमा सीधा राख्ने ।
यो आसनका धेरै फाइदाहरु छन । तर उच्चरक्तचाप, काँध दुख्ने, फियो र कलेजो बढेको बेलामा यो आसन गर्नुहुँदैन ।