• अशोज ७, २०८१
  • No Comment
  • 162

हलासन योग कसरी गर्ने हेर्नुहोस

हलासन एक याेग अासन  हाे । याे अासनले स्वास्थ्यमा दिने धेरै लाभहरू छन । याे दुई शब्दहरू ’हलो’ र ’आसन’ मिलेर बनेको हो । हलो जसले किसानले खेत जोत्छ र आसन भनेको बस्नु हो ।

यो आसनलाई अङ्ग्रेजीमा ‘प्लो पोज’ भनिन्छ । यो योग आसन गर्नाले पाचन प्रणाली बलियो हुनुका साथै शरीरलाई अन्य धेरै फाइदा पनि हुन्छ ।

दैनिक हलासन गर्नाले पाचन प्रणाली बलियो बन्नुका साथै पेट सम्बन्धी समस्याहरू जस्तै अपच, ग्यास, कब्जियत र क्रयाम्प आदिबाट छुटकारा पाउन सकिन्छ । यस बाहेक यो आसन गर्नुका अन्य धेरै फाइदाहरू छन् ।

हलासन गर्ने  विधि हेर्नुहाेस
– उत्तानो फर्केर जमिनमा सुत्ने ।
– अब श्वास भित्र भर्दै बिस्तारै खुट्टालाई उठाउने, पहिले ३० डिग्री र पछि ६० डिग्रीसम्म उठाएपछि खुट्टालाई टाउकोभन्दा पछाडिसम्म पुर्‍याउँदै श्वास बाहिर फाल्दै जाने ।
– खुट्टालाई टाउको पछाडि जमिनमा टेकाउने ।
– यो स्थितिमा ठाडो नहुन्जेल वा ३० सेकेन्डसम्म बस्ने ।
– फर्केर आउँदा जुन क्रमले माथि आइन्छ, त्यही क्रमले खुट्टा बिस्तारै झार्दै भुईँमा सीधा राख्ने ।

यो आसनका धेरै फाइदाहरु छन । तर उच्चरक्तचाप, काँध दुख्ने, फियो र कलेजो बढेको बेलामा यो आसन गर्नुहुँदैन ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *