• अशोज ४, २०८१
  • No Comment
  • 158

अवैध रुपमा भारत लैजाँदै गरेका गाई गोरु सहित ३ जना पक्राउ

रौतहटमा अवैध रुपमा भारत लैजाँदै गरेका गाई गोरु सहित ३ जना पक्राउ परेका छन ।

यमुनमाई गाउँपलिका – ३ का ४५ वर्षीय महम्द गुफरान, ३५ वर्षीय ओहिद अन्सारी र २२ वर्षीय महम्द सम्सादलाई अवैध रुपमा भारततर्फ गाई गोरु लगिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार पक्राउ परेका उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरुलाई २ वटा गोरु, ४ वटा गाई र ३ वटा बाछा अवैध रुपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जनाएको छ ।

पक्राउ परेका व्यक्ति र गाई गोरु गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । गाई धनी फरार रहेको उनको खोजी भैरहेको प्रहरीको भनाई छ ।

बाँकि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *