• अशोज ४, २०८१
  • No Comment
  • 198

अवैध रुपमा भारत लैजाँदै गरेका गाई गोरु सहित ३ जना पक्राउ

रौतहटमा अवैध रुपमा भारत लैजाँदै गरेका गाई गोरु सहित ३ जना पक्राउ परेका छन ।

यमुनमाई गाउँपलिका – ३ का ४५ वर्षीय महम्द गुफरान, ३५ वर्षीय ओहिद अन्सारी र २२ वर्षीय महम्द सम्सादलाई अवैध रुपमा भारततर्फ गाई गोरु लगिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार पक्राउ परेका उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरुलाई २ वटा गोरु, ४ वटा गाई र ३ वटा बाछा अवैध रुपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जनाएको छ ।

पक्राउ परेका व्यक्ति र गाई गोरु गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । गाई धनी फरार रहेको उनको खोजी भैरहेको प्रहरीको भनाई छ ।

बाँकि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

जाजरकोटमा १८२२ रोपनी अवैध अफिम र गाँजा खेती नष्ट

जाजरकोटमा १८२२ रोपनी अवैध अफिम र गाँजा खेती नष्ट

जाजरकोट । जाजरकोटका विभिन्न स्थानीय तहमा व्यावसायिक रूपमा गरिएको अवैध अफिम र गाँजा खेती ठूलो परिमाणमा नष्ट गरेको छ। ‘लागु औषधमुक्त…
स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। स्वस्थ जीवनका लागि सही खानपिन, नियमित व्यायाम र सकारात्मक जीवनशैली अत्यन्त आवश्यक हुन्छ। रोग लागेपछि…
पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *