• अशोज २, २०८१
  • No Comment
  • 221

राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा चौकुने गाउपालिकाले उत्कृष्ट हुने बिध्यार्थी र बिधालयलाई सम्मान तथा पुरस्कार बितरण 

दिलिप कडेल, चौकुने सुर्खेत। “ज्ञान ,बिज्ञान ,सीप, उधम र मौलिकता – साझेदारी र प्रणालीगत सक्षमता” भन्ने मुल नाराका साथ राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा चौकुने गाउपालिका शिक्षा ,युवा तथा खेलकुद शाखाले उत्कृष्ट नतिजा प्राप्त गर्ने बिध्यार्थी र बिधालयहरुलाई सम्मान तथा पुरस्कार बितरण गरेको छ ।

चौकुने गाउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा एक कार्यक्रमबिच राष्ट्रिय शिक्षा दिवस २०८१ को उपलक्ष्यमा सामुदायिक बिध्यालय तथा सामुदायिक बिध्यालयमा अध्यनरत उत्कृष्ट बिध्यार्थीहरुलाई सम्मान तथा पुरस्कार बितरण गरिएको हो ।

 

कार्यक्रममा चौकुने गाउँपालिका का अध्यक्ष खडक बिवस बासपानेले गाउँपालिका भित्रको शिक्षाको गुणस्तरलाई अगाडि बढाउनका लागि विद्यार्थी, शिक्षक र विद्यालयलाई हौसला स्वरुप उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको बताउनुभएको छ । “चौकुने भित्रका विद्यालयले देशभरका अरू विद्यालयभन्दा उत्कृष्ट नतिजा प्रदान गर्न सकोस्”, र सीमित श्रोत र साधनबीच गाउँपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाउने समेत प्रतिबद्दता ब्यक्त गर्नु भएको छ ।

चौकुने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टेकेन्द्र बुढाले गाउँपालिकाभित्रका विद्यालयमा शिक्षाको गुणस्तर बढाउनका लागि सम्मान तथा पुरस्कार कार्यक्रम गरिएको बताए । उक्त सम्मानले भावी दिनमा शिक्षण सिकाइ क्रियाकलापलाई थप अगाडि बढाउन सहयोग पुग्ने उनको भनाइ रहेको थियो । दिवसकै उपलक्ष्यमा चौकुने शिक्षा शाखाले पालिका उत्कृष्ठ बिध्यार्थी सिद्धेस्वरी माबि जेनिसा न्यौपाने ,बाल ज्योति प्रा बि साउने सन्दिप मास्के, जिवन ज्योति मा बि मुस्कान धमाला ,सलोनि राना ,ने रा आ बि मोतिसेरा कामना जोशी ,ने रा मा बि लगाम हिमान्सु थापा , जगन्नाथ मा बि बिजौरा मनिसा कुमारी ढकाल ,ने रा मा बि शोभानचौर बेतान का सुनिल नाम्जाली मगर, र सरस्वती मा बि घाटगाँउका मोहन बि क सहित ९ जना छात्र छात्राहरुलाई चौकुने शिक्षा शाखाले सम्मान गरेको छ ।

गाउँपालिका अध्यक्ष खडक बिवस वासपानेको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा चौकुने शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढाले स्वागत मन्तब्य तथा कार्यक्रमको संचालन शिव प्रसाद गौतमले गरेका थिए भने ।कार्यक्रममा चौकुने गा पा ६ का वडा अध्यक्ष गोबिन्द थापा ७ का वडा अध्यक्ष धनिराम धमाला ८ का वडा अध्यक्ष कमल जि सी लगायत सम्पूर्ण सामुदायिक बिध्यालय का प्र अ र बिभिन्न शिक्षक संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *