• अशोज २, २०८१
  • No Comment
  • 250

राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा चौकुने गाउपालिकाले उत्कृष्ट हुने बिध्यार्थी र बिधालयलाई सम्मान तथा पुरस्कार बितरण 

दिलिप कडेल, चौकुने सुर्खेत। “ज्ञान ,बिज्ञान ,सीप, उधम र मौलिकता – साझेदारी र प्रणालीगत सक्षमता” भन्ने मुल नाराका साथ राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा चौकुने गाउपालिका शिक्षा ,युवा तथा खेलकुद शाखाले उत्कृष्ट नतिजा प्राप्त गर्ने बिध्यार्थी र बिधालयहरुलाई सम्मान तथा पुरस्कार बितरण गरेको छ ।

चौकुने गाउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा एक कार्यक्रमबिच राष्ट्रिय शिक्षा दिवस २०८१ को उपलक्ष्यमा सामुदायिक बिध्यालय तथा सामुदायिक बिध्यालयमा अध्यनरत उत्कृष्ट बिध्यार्थीहरुलाई सम्मान तथा पुरस्कार बितरण गरिएको हो ।

 

कार्यक्रममा चौकुने गाउँपालिका का अध्यक्ष खडक बिवस बासपानेले गाउँपालिका भित्रको शिक्षाको गुणस्तरलाई अगाडि बढाउनका लागि विद्यार्थी, शिक्षक र विद्यालयलाई हौसला स्वरुप उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको बताउनुभएको छ । “चौकुने भित्रका विद्यालयले देशभरका अरू विद्यालयभन्दा उत्कृष्ट नतिजा प्रदान गर्न सकोस्”, र सीमित श्रोत र साधनबीच गाउँपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाउने समेत प्रतिबद्दता ब्यक्त गर्नु भएको छ ।

चौकुने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टेकेन्द्र बुढाले गाउँपालिकाभित्रका विद्यालयमा शिक्षाको गुणस्तर बढाउनका लागि सम्मान तथा पुरस्कार कार्यक्रम गरिएको बताए । उक्त सम्मानले भावी दिनमा शिक्षण सिकाइ क्रियाकलापलाई थप अगाडि बढाउन सहयोग पुग्ने उनको भनाइ रहेको थियो । दिवसकै उपलक्ष्यमा चौकुने शिक्षा शाखाले पालिका उत्कृष्ठ बिध्यार्थी सिद्धेस्वरी माबि जेनिसा न्यौपाने ,बाल ज्योति प्रा बि साउने सन्दिप मास्के, जिवन ज्योति मा बि मुस्कान धमाला ,सलोनि राना ,ने रा आ बि मोतिसेरा कामना जोशी ,ने रा मा बि लगाम हिमान्सु थापा , जगन्नाथ मा बि बिजौरा मनिसा कुमारी ढकाल ,ने रा मा बि शोभानचौर बेतान का सुनिल नाम्जाली मगर, र सरस्वती मा बि घाटगाँउका मोहन बि क सहित ९ जना छात्र छात्राहरुलाई चौकुने शिक्षा शाखाले सम्मान गरेको छ ।

गाउँपालिका अध्यक्ष खडक बिवस वासपानेको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा चौकुने शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढाले स्वागत मन्तब्य तथा कार्यक्रमको संचालन शिव प्रसाद गौतमले गरेका थिए भने ।कार्यक्रममा चौकुने गा पा ६ का वडा अध्यक्ष गोबिन्द थापा ७ का वडा अध्यक्ष धनिराम धमाला ८ का वडा अध्यक्ष कमल जि सी लगायत सम्पूर्ण सामुदायिक बिध्यालय का प्र अ र बिभिन्न शिक्षक संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *