• अशोज २, २०८१
  • No Comment
  • 190

आजबाट पितृपक्ष अर्थात सोह्र श्राद्धको सुभारम्भ

प्रत्येक वर्ष आश्विन प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात पितृ पक्ष आजदेखि विधिवत आरम्भ गरिदैछ ।
प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपरान्हकालमा गर्नुपर्ने धर्मशास्त्रविदहरुले बताएका छन ।

आमाबुबा नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्ने गर्दछन्। तिथिमै गर्न नसके अन्तिम दिन ‍‍औँसीमा श्राद्ध गर्ने परम्परा छ।

चन्द्रमासको एक पक्षमा १५ वटा तिथि हुने भएता पनि भाद्र शुक्लपूणर्िमादेखि आश्विन औँसी सम्मका १६ वटा तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो ।

 

हिन्दु वैदिक पुराणहरुमा उल्लेख भएअनुसार आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने पक्ष हो, त्यसैले यसलाई पितृपक्ष भनिन्छ ।

यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दै तिनको मृत्युतिथिमा श्राद्ध गर्दछन ।

हिन्दुधर्मावलम्बीहरु सोर्ह श्राद्वमा श्राद्ध गर्नाले समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्नेमा बिश्वास राख्दछन ।
पितृपक्षको समाप्तिसंगै बडा दसैंको सुभारम्भ हुन्छ ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *