• जेष्ठ २९, २०७७
  • No Comment
  • 284

शिक्षा कार्यक्रमबाट जनप्रतिनिधिलाई ल्यापटप

काठमाडौं । छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै नेपालमा पनि त्रास बढेको छ । भारतसँगको खुला सीमा नाकाका साथै स्वास्थ्य मापदण्डको समेत पालनामा ध्यान नदिइँदा संक्रमणको जोखिम बढ्दै गएको छ ।


स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो साता संक्रमण दर बढ्दै गएको देखिएको छ । मन्त्रालयको विवरणअनुसार मंगलबार ४ हजार ३२ जनामा कोरोना परीक्षण गर्दा १८८ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार पनि १५० जनामा संक्रमण पुष्टि भएको थियो । यसअघि आइतबार ७७ जनामा संक्रमण पुष्टि भएको थियो ।

हाल नेपालमा आइसोलेशनमा १ हजार १२८ जनामात्रै भए पनि बढ्दो संक्रमण दर र पर्याप्त सावधानी नअपनाइनुले पुनः संक्रमणको अवस्था भयावह बन्ने हो कि भन्ने चिन्ता बढेको छ । सँगसँगै देश पुनः लकडाउनमा जाने हो कि भन्ने चिन्ता समेत थपिएको छ ।

सरकारले कोरोना संक्रमण बढ्दै गएपछि गत वर्ष चैत ११ अर्थात आजकै दिन लकडाउनको घोषणा गरेको थियो । करिब चार महिना लामो लकडाउन हुँदा अर्थतन्त्र क्षेत्र ध्वस्त हुनुका साथै जनजीवन कष्टकर बनेको थियो । लकडाउनपछि जनजीवन सामान्य अवस्थातिर फर्किँदै गर्दा फेरि संक्रमणको दोस्रो लहरको त्रास सुरु हुनुका साथै आगामी दिन कसरी अघि बढ्ला भन्नेतर्फ आम चासो बढेको छ ।

यही आम चासोका बीच सरकार भने पहिलेको जस्तो लकडाउन नगर्ने पक्षमा देखिएको छ । स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै जाने तर, लकडाउन नै भने नगर्ने मुडमा सरकार देखिएको हो । ओली सरकारका एक प्रभावशाली मन्त्रीका अनुसार सरकार विगतमा जस्तो हतारमा लकडाउन गरेर कोरोना नियन्त्रणमा लाग्ने भन्दा पनि यसपटक विगतका कमजोरीबाट पाठ सिक्दै अघि बढ्ने योजनामा छ ।

सम्बन्धित खबर

सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्याको आशंका, चार जना पक्राउ

सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्याको आशंका, चार जना…

सुर्खेत — सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरीलाई  बलात्कारपछि हत्या भएको आशंकामा चार जना नाबालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय…
रुकुम पश्चिममा सानोभेरी नदीमा दुई बालिका मृत फेला, एक अझै बेपत्ता

रुकुम पश्चिममा सानोभेरी नदीमा दुई बालिका मृत फेला, एक…

 २६ फागुन। रुकुम पश्चिमको सानोभेरी नदीमा दुई जना बालिका मृत अवस्थामा फेला परेका छन् भने अर्की एक बालिका अझै बेपत्ता रहेकी…

Understanding legal regulations in gambling A comprehensive guide to…

Understanding legal regulations in gambling A comprehensive guide to compliance The Importance of Compliance in Gambling Compliance with legal regulations is…

Leave a Reply

Your email address will not be published. Required fields are marked *