• फाल्गुन २६, २०८२
  • No Comment
  • 8

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे सेवा ठप्प, बिरामीलाई सास्ती

कर्णाली प्रदेशको प्रमुख स्वास्थ्य सेवा केन्द्रका रूपमा चिनिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे सेवा लामो समयदेखि अवरुद्ध हुँदा बिरामीहरू समस्यामा परेका छन्। अस्पतालमा रहेको एकमात्र एक्सरे मेसिन बिग्रिएपछि सेवा ठप्प भएको हो।

एक्सरे सेवा बन्द हुँदा कर्णाली प्रदेशका विकट जिल्लाबाट उपचारका लागि आउने बिरामीहरू विशेष रूपमा प्रभावित भएका छन्। दैनिक हुने चोटपटक, दुर्घटना तथा हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीले आवश्यक परीक्षण गर्न नपाउँदा सास्ती खेप्नुपरेको छ।

जुम्ला जिल्लाका सबै पालिका तथा छिमेकी जिल्लाबाट उपचारका लागि आउने बिरामीहरू सामान्य चोटपटक, हाडजोर्नी समस्या, छाती तथा फोक्सोसम्बन्धी रोगको परीक्षणका लागि एक्सरे सेवामा निर्भर रहने गर्छन्। तर अस्पतालमै सेवा उपलब्ध नभएपछि उनीहरू निजी मेडिकल तथा क्लिनिकहरू धाउन बाध्य भएका छन्।

स्थानीय नागरिकहरूले अस्पताल प्रशासनले समस्या समाधानतर्फ पर्याप्त गम्भीरता नदेखाएको गुनासो गरेका छन्। एक्सरे मेसिन लामो समयदेखि बिग्रिएको भए पनि मर्मत तथा नयाँ उपकरण व्यवस्थापनका लागि ठोस पहल नगरिएको उनीहरूको आरोप छ।

स्थानीयवासी तथा बिरामीका आफन्तहरूले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा देखिएको यस्तो समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले अस्पताल प्रशासनलाई सेवा यथाशीघ्र सुचारु गर्न आग्रह गरेका छन्।

सम्बन्धित खबर

सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्याको आशंका, चार जना पक्राउ

सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्याको आशंका, चार जना…

सुर्खेत — सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरीलाई  बलात्कारपछि हत्या भएको आशंकामा चार जना नाबालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय…
रुकुम पश्चिममा सानोभेरी नदीमा दुई बालिका मृत फेला, एक अझै बेपत्ता

रुकुम पश्चिममा सानोभेरी नदीमा दुई बालिका मृत फेला, एक…

 २६ फागुन। रुकुम पश्चिमको सानोभेरी नदीमा दुई जना बालिका मृत अवस्थामा फेला परेका छन् भने अर्की एक बालिका अझै बेपत्ता रहेकी…

Understanding legal regulations in gambling A comprehensive guide to…

Understanding legal regulations in gambling A comprehensive guide to compliance The Importance of Compliance in Gambling Compliance with legal regulations is…

Leave a Reply

Your email address will not be published. Required fields are marked *