सुर्खेत — सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरीलाई बलात्कारपछि हत्या भएको आशंकामा चार जना नाबालकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ परेका चारै जना वीरेन्द्रनगरका १८ वर्षमुनिका किशोर हुन्।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसा विक फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल प्रदेश अस्पताल कालागाउँ पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
इनिसा उषा बाल वाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्। मृतकका आफन्तहरूले उनीमाथि सामूहिक बलात्कारपछि हत्या गरिएको आरोप लगाउँदै फागुन २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी मोहनजंग बुढथापाका अनुसार प्रहरीले घटनाको दिन फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो। थप अनुसन्धानका क्रममा फागुन २४ गते अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको उनले बताए।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप स्पष्ट निष्कर्षमा पुगिने प्रहरीले जनाएको छ।
L’assistenza clienti di Caspero Casino opera senza interruzioni attraverso il nostro sistema di supporto continuo. I giocatori possono accedere a un’assistenza…