• फाल्गुन २६, २०८२
  • No Comment
  • 13

रुकुम पश्चिममा सानोभेरी नदीमा दुई बालिका मृत फेला, एक अझै बेपत्ता

 २६ फागुन। रुकुम पश्चिमको सानोभेरी नदीमा दुई जना बालिका मृत अवस्थामा फेला परेका छन् भने अर्की एक बालिका अझै बेपत्ता रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरी पुनका अनुसार मृत भेटिनेमा बाफिकोट गाउँपालिका–३ की १२ वर्षीया कल्पना ओली र १४ वर्षीया उर्मिला ओली रहेका छन्। उनीहरू दुवै जना एकै घरका दिदीबहिनी हुन्।

प्रहरीका अनुसार उनीहरू बाफिकोट गाउँपालिका–३ को भाम्ले क्षेत्रमा पर्ने सानोभेरी नदीमा मृत अवस्थामा फेला परेका हुन्। साथै १२ वर्षीया सपना ओली भने अझै बेपत्ता रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तीनै जना बालिका सोमबार मुसिकोट नगरपालिका–१ भलखोलामा विवाह समारोहमा सहभागी हुन भन्दै घरबाट निस्किएका थिए। नदी तर्ने क्रममा बगेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको भए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

Bonus Fino A 500 & 200 Giri Gratis

L’assistenza clienti di Caspero Casino opera senza interruzioni attraverso il nostro sistema di supporto continuo. I giocatori possono accedere a un’assistenza…

Login Veloce E Bonus Fino A 200% Sul Primo…

Le transazioni sono elaborate sulla blockchain con conferma entro 2 ore. I portafogli elettronici offrono la massima convenienza con Skrill, Neteller…
सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्याको आशंका, चार जना पक्राउ

सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्याको आशंका, चार जना…

सुर्खेत — सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरीलाई  बलात्कारपछि हत्या भएको आशंकामा चार जना नाबालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *