- असार ७, २०८३
- No Comment
- 20
सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
शनिबार साँझ करिब ६:३० बजे स्थानीय टुनी खोलामा पौडी खेल्ने क्रममा दिपक थापाकी १४ वर्षीया छोरी सम्झना थापा र मानबहादुर रावतकी १२ वर्षीया छोरी कल्पना रावत डुबेका थिए।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको टोलीले स्थानीयको सहयोगमा दुवै बालिकाको उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पठाएको थियो। तर अस्पताल पुगेलगत्तै चिकित्सकले राति ७:४० बजे दुवैलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


