- असार ७, २०८३
- No Comment
- 3
सुर्खेतकाे पञ्चपुरी नगरपालिका–८ काे दहतालमा डुबेर १८ वर्षीय युवकको मृत्यु

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित दहतालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा दैलेखको गुराँस गाउँपालिका घर भई हाल वीरेन्द्रनगर–६ स्थित ग्रिल उद्योगमा कार्यरत १८ वर्षीय रमेश पुन मगर रहेका छन्।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब १२ बजे रमेशसहित ८ जनाको टोली दहताल घुम्न गएको थियो। पौडी खेल्ने क्रममा रमेश तालमा डुबेर बेपत्ता भएपछि प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार तथा खोजीमा परिचालन गरिएको थियो।
निरन्तर खोजीपछि बेलुका ५:४० बजे रमेशको शव फेला परेको प्रहरीले जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र सालकोट पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


