• असार ४, २०८३
  • No Comment
  • 13

चौकुने गाउँपालिकामा सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत केयर प्रोफाइल निर्माण सम्बन्धी परामर्श बैठक सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकाको समन्वयमा, युरोपियन युनियन र संयुक्त राष्ट्र संघको सहयोगमा, सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको सहकार्य तथा किडाक नेपालको आयोजनामा “सशक्त महिला समृद्ध नेपाल कार्यक्रम” अन्तर्गत केयर प्रोफाइल निर्माण सम्बन्धी परामर्श बैठक सम्पन्न भएको छ।

चौकुने गाउँपालिका नर बहादुर बान्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपाने रहनुभएको थियो। कार्यक्रममा किडाक नेपालको तर्फबाट बिन्दुलाल रेग्मीले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै केयर प्रोफाइल निर्माणले महिलाको अवैतनिक श्रमको पहिचान, हेरचाहसम्बन्धी जिम्मेवारीको व्यवस्थापन तथा महिला सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। प्रशिक्षक अनुप नेपालीले केयर प्रोफाइल निर्माण, केयर अर्थतन्त्र, महिलाको अवैतनिक श्रमको मूल्याङ्कन तथा स्थानीय तहमा यसको आवश्यकता सम्बन्धी सहजीकरण गर्नुभएको थियो।

उहाँले महिला तथा हेरचाहसँग सम्बन्धित कामको उचित पहिचान र नीतिगत व्यवस्थापनले समतामूलक समाज निर्माणमा सहयोग पुग्ने धारणा राख्नुभयो। कार्यक्रममा वडा अध्यक्षहरू गोविन्द थापा, तुलाराम हिस्की मगर ,धनिराम धमाला ,टोप बहादुर बुढाक्षेत्री , कमल जी.सी., लगायत चौकुने गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुख, कार्यपालिका सदस्य तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख अतिथि खडक बिवस वासपानेले महिलाको श्रम र योगदानलाई राज्यका नीति तथा योजनासँग जोड्न आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमले महिला सशक्तीकरण तथा समृद्ध समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले चौकुने गाउँपालिकाले महिला तथा सामाजिक विकाससँग सम्बन्धित कार्यक्रमहरूमा निरन्तर सहकार्य र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागीहरूबीच केयर प्रोफाइल निर्माण सम्बन्धी विषयमा छलफल तथा सुझाव आदानप्रदान गरिएको थियो। स्थानीय तहमा महिलामैत्री योजना तथा कार्यक्रम निर्माणका लागि यस प्रकारका परामर्श बैठकहरू उपयोगी हुने विश्वास व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको आयोजक किडाक नेपालले जनाएको छ।

सम्बन्धित खबर

रास्वपा महाधिवेशन: प्राविधिक त्रुटिले बन्दसत्र सुरु हुन ढिलाइ, प्रतिवेदनहरू पेश गर्ने तयारी

रास्वपा महाधिवेशन: प्राविधिक त्रुटिले बन्दसत्र सुरु हुन ढिलाइ, प्रतिवेदनहरू…

चितवन । चितवनमा आइतबारदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत आज सोमबारको बन्दसत्र प्राविधिक कारणले प्रभावित भएको…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा बिभिन्न समुहका किसानहरुलाई ७० वटा मिनिट्रेलर वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा बिभिन्न समुहका किसानहरुलाई ७०…

सुर्खेत। चौकुने गाउँपालिकाले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उदेश्यले किसानहरुलाई कृषि औजार वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी कृषि…
चौकुने गाउँपालिकामा सुर्तीजन्य पदार्थ तथा मदिराको रोकथाम, नियन्त्रण तथा नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा सुर्तीजन्य पदार्थ तथा मदिराको रोकथाम, नियन्त्रण तथा…

सुर्खेत। चौकुने गाउँपालिकामा सुर्तीजन्य पदार्थ तथा मदिराको रोकथाम, नियन्त्रण तथा नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *