• असार ४, २०८३
  • No Comment
  • 46

सुर्खेतमा पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर एक युवकको मृत्यु

सुर्खेत, ४ असार (२०८३) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्राखोलामा पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना निवासी लाल बहादुर ठाडा मगरका २० वर्षीय छोरा मनोज ठाडा मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार झुप्राखोलामा पौडी खेल्ने क्रममा मनोज अचानक पानीमा डुबेका थिए।

नदीमा डुबेर अचेत भएका उनलाई उनका बुबाले तत्काल उद्धार गरी उपचारका लागि राति ११:४५ बजे कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पुर्‍याएका थिए। अस्पताल पुर्‍याउनासाथ चिकित्सक टोलीले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

सम्बन्धित खबर

रास्वपा महाधिवेशन: प्राविधिक त्रुटिले बन्दसत्र सुरु हुन ढिलाइ, प्रतिवेदनहरू पेश गर्ने तयारी

रास्वपा महाधिवेशन: प्राविधिक त्रुटिले बन्दसत्र सुरु हुन ढिलाइ, प्रतिवेदनहरू…

चितवन । चितवनमा आइतबारदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत आज सोमबारको बन्दसत्र प्राविधिक कारणले प्रभावित भएको…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा बिभिन्न समुहका किसानहरुलाई ७० वटा मिनिट्रेलर वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा बिभिन्न समुहका किसानहरुलाई ७०…

सुर्खेत। चौकुने गाउँपालिकाले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उदेश्यले किसानहरुलाई कृषि औजार वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी कृषि…
चौकुने गाउँपालिकामा सुर्तीजन्य पदार्थ तथा मदिराको रोकथाम, नियन्त्रण तथा नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा सुर्तीजन्य पदार्थ तथा मदिराको रोकथाम, नियन्त्रण तथा…

सुर्खेत। चौकुने गाउँपालिकामा सुर्तीजन्य पदार्थ तथा मदिराको रोकथाम, नियन्त्रण तथा नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *