• असार १, २०८३
  • No Comment
  • 2

लायन्स क्लब अफ सुर्खेत दीपमालाको अध्यक्षमा थानी

सुर्खेत — लायन्स क्लब अफ सुर्खेत दीपमालाको अध्यक्षमा लक्ष्मीप्रसाद थानी चयन भएका छन्। आगामी कार्यकाल सन् २०२६–२०२७ का लागि आइतबार सम्पन्न प्रथम अधिवेशनबाट उनी सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन्।

लायन्स डिष्ट्रिक सेक्रेटरी एमजेएफ हरिहर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा विष्णु न्यौपाने, द्वितीय उपाध्यक्षमा झरना बिष्ट, सचिवमा टंकप्रसाद रिजाल तथा कोषाध्यक्षमा दीपक विश्वकर्मा चयन भएका छन्।

यसैगरी, एलसीआईएफ (लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसन) कोअर्डिनेटरमा प्रेमकिरण विश्वकर्मा, मेम्बरसिप चेयरपर्सनमा हेमराज शर्मा, सर्भिस चेयरपर्सनमा यादव बिक तथा मार्केटिङ एण्ड कम्युनिकेशन चेयरपर्सनमा तपेन्द्रकुमार विश्वकर्मा चयन भएका छन्। क्लबले २० सदस्यीय कार्यसमिति गठन गरेको जनाएको छ।

नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा, मानवीय सहयोग तथा समुदाय विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

नवनिर्वाचित अध्यक्ष थानीले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा क्लबको सक्रियता बढाइने बताए। साथै संस्थागत विकास, सदस्य विस्तार र सेवामूलक कार्यक्रमलाई थप सशक्त बनाइने उनले उल्लेख गरे।

सम्बन्धित खबर

रास्वपासँग समायोजन नगर्ने ‘अटेरी लौरो अभियान’ कर्णालीको घोषणा

रास्वपासँग समायोजन नगर्ने ‘अटेरी लौरो अभियान’ कर्णालीको घोषणा

सुर्खेत — ‘अटेरी लौरो अभियान’ कर्णाली प्रदेशले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग समायोजन नगर्ने निर्णय सार्वजनिक गरेको छ। प्रदेश समितिले जारी…
साकाहारी भोजन: कुन खानामा के पाइन्छ? केमा कति शक्ति?

साकाहारी भोजन: कुन खानामा के पाइन्छ? केमा कति शक्ति?

काठमाडौं — दैनिक खाने खानाले व्यक्तिको पोषणस्तर निर्धारण गर्छ। खाद्य पदार्थको आ–आफ्नै पौष्टिक गुण हुने भएकाले दैनिक भोजनमा आवश्यक परिमाणमा उचित…
ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *