- जेष्ठ २१, २०८३
- No Comment
- 5
होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासी भेषबहादुर दर्जीको उपचारका क्रममा मृत्यु

काठमाडौं । सुकुमबासी बस्तीबाट विस्थापित भई कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका भेषबहादुर दर्जीको उपचारका क्रममा बिहीबार निधन भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरेको थियो। अस्पतालमा गरिएको परीक्षणका क्रममा उनको फोक्सोमा पानी जमेको पाइएको चिकित्सकहरूले बताएका छन्।
परिवारका अनुसार दर्जी लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित थिए। पछिल्लो समय स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई अस्पताल लगिएको थियो।
वीर अस्पतालका अनुसार सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत रहेका दर्जीको बिहीबार उपचारकै क्रममा मृत्यु भएको हो।
दर्जी सुकुमबासी बस्ती हटाइएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका थिए। उनको निधनपछि परिवार तथा आफन्त शोकमा डुबेका छन्।
घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।



