• जेष्ठ २१, २०८३
  • No Comment
  • 7

मलेसियामाथि १६७ रनको फराकिलो जित, नेपाल समूह विजेता बन्दै एसियन गेम्समा छनोट

काठमाडौं । एसियन गेम्स क्वालिफायरअन्तर्गतको निर्णायक खेलमा नेपालले मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गर्दै समूह विजेताका रूपमा आगामी एसियन गेम्समा स्थान सुरक्षित गरेको छ।

नेपालले दिएको २७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रनमा सीमित भएपछि नेपाल सहज विजयी बनेको हो।

मलेसियाका कप्तान सय्यद अजीजले सर्वाधिक ५४ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। सार्विन मुनियान्दीले १८ तथा मुहम्मद हजिजले १३ रन जोडे भने अन्य खेलाडी दोहोरो अंकमा पुग्न असफल रहे।

नेपालका लागि शेर मल्लले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। त्यसैगरी करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले समान एक–एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको विशाल योगफल तयार पारेको थियो। नेपालका ओपनर कुशल भुर्तेलले ५४ बलमा १२६ रनको विस्फोटक शतकीय इनिङ्स खेले। उनले आफ्नो इनिङ्समा १४ चौका र ८ छक्का प्रहार गरेका थिए। यो उनको टी–२० अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक हो।

आसिफ शेखले २४ बलमा ६८ रनको आक्रामक इनिङ्स खेले भने दीपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन जोड्दै टोलीको स्कोर उकास्न महत्वपूर्ण योगदान दिए।

मलेसियाका लागि विरनदीप सिंहले ३ विकेट लिए भने कप्तान सय्यद अजीज र विजय उन्नीले समान २–२ विकेट हात पारे।

यस जितसँगै नेपाल समूह विजेता बन्दै एसियन गेम्सका लागि छनोट हुन सफल भएको छ। पराजित भए पनि मलेसियाले पनि प्रतियोगितामार्फत एसियन गेम्समा स्थान सुरक्षित गरेको छ।

सम्बन्धित खबर

सुर्खेतकाे चौकुने गाउँपालिका वडा न ८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सुर्खेतकाे चौकुने गाउँपालिका वडा न ८ को सार्वजनिक सुनुवाई…

सुर्खेत। चौकुने गाउँपालिका वडा न ८ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न ८ को सु–शासन, पारदर्शिता र…
उपचार गर्ने भन्दै कैदीलाई होटल लगेर प्रहरीले खुवाए मासु र बियर

उपचार गर्ने भन्दै कैदीलाई होटल लगेर प्रहरीले खुवाए मासु…

काठमाडौं । उपचारका लागि अस्पताल लैजाने बहानामा एक कैदीलाई होटलमा लगेर मासु तथा बियर खुवाउनुका साथै युवतीसँग समय बिताउन दिएको आरोपमा…
होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासी भेषबहादुर दर्जीको उपचारका क्रममा मृत्यु

होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासी भेषबहादुर दर्जीको उपचारका क्रममा…

काठमाडौं । सुकुमबासी बस्तीबाट विस्थापित भई कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका भेषबहादुर दर्जीको उपचारका क्रममा बिहीबार निधन भएको छ। स्वास्थ्यमा समस्या…

Leave a Reply

Your email address will not be published. Required fields are marked *