• जेष्ठ २१, २०८३
  • No Comment
  • 5

महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?

काठमाडौं । महिनावारीका बेला हुने पेट तथा कम्मर दुखाइ कम गर्न प्रयोग गरिने पेन किलरले बाँझोपन निम्त्याउँछ भन्ने धारणा गलत भएको चिकित्सकहरूले बताएका छन्। उनीहरूका अनुसार यस्तो औषधिको प्रयोग सुरक्षित हुने र यसले महिलाको प्रजनन क्षमतामा कुनै असर नगर्ने बताएका हुन्।

चिकित्सकहरूका अनुसार महिनावारीका बेला हुने दुखाइ पाठेघरको प्राकृतिक खुम्चिने प्रक्रियाका कारण हुन्छ। प्रत्येक महिना गर्भधारणको तयारीस्वरूप पाठेघरको भित्री भागमा बन्ने पत्र गर्भ नरहेपछि शरीरबाट बाहिर निकाल्ने क्रममा पाठेघर खुम्चिने गर्छ। यही प्रक्रियालाई सक्रिय बनाउन शरीरले ‘प्रोस्टाग्ल्यान्डिन्स’ नामक रसायन उत्पादन गर्ने भएकाले दुखाइ महसुस हुने गर्दछ।

महिनावारी सुरु हुनुअघि शरीरमा प्रोस्टाग्ल्यान्डिन्सको मात्रा बढ्ने र यसको स्तर बढी भएका महिलाहरूमा दुखाइ पनि बढी हुने चिकित्सकहरूको भनाइ छ। पाठेघर खुम्चिने क्रममा केही समयका लागि अक्सिजनको आपूर्ति कम हुँदा पनि पेट तथा कम्मर दुख्ने समस्या देखिने बताइएको छ।

दुखाइ कम गर्न प्रयोग गरिने ‘आइबुप्रोफेन’ र ‘मेफेनामिक एसिड’ जस्ता औषधिहरूले प्रोस्टाग्ल्यान्डिन्सको उत्पादन घटाएर पाठेघरको अत्यधिक खुम्चिने प्रक्रिया कम गर्छन्। यसले दुखाइमा राहत दिनुका साथै अत्यधिक रक्तस्रावलाई पनि केही हदसम्म नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ।

चिकित्सकहरूले महिनावारीको समयमा पेन किलर सेवन गर्दा पाठेघर बिग्रिने वा भविष्यमा सन्तान जन्माउन समस्या हुने भन्ने धारणा वैज्ञानिक रूपमा प्रमाणित नभएको बताएका छन्। यस्ता औषधिले केवल अस्थायी रूपमा दुखाइ र सूजन कम गर्ने काम मात्र गर्ने उनीहरूको भनाइ छ।

यद्यपि औषधि सेवन गर्दा खाली पेटमा नखान र चिकित्सकको सल्लाहअनुसार सही मात्रा मात्र प्रयोग गर्न सुझाव दिइएको छ। यदि औषधि सेवन गर्दा पनि अत्यधिक दुखाइ कायम रहन्छ भने अन्य स्वास्थ्य समस्या हुन सक्ने भएकाले विशेषज्ञसँग परामर्श लिनुपर्ने चिकित्सकहरूको सुझाव छ।

सम्बन्धित खबर

सुर्खेतकाे चौकुने गाउँपालिका वडा न ८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सुर्खेतकाे चौकुने गाउँपालिका वडा न ८ को सार्वजनिक सुनुवाई…

सुर्खेत। चौकुने गाउँपालिका वडा न ८ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न ८ को सु–शासन, पारदर्शिता र…
उपचार गर्ने भन्दै कैदीलाई होटल लगेर प्रहरीले खुवाए मासु र बियर

उपचार गर्ने भन्दै कैदीलाई होटल लगेर प्रहरीले खुवाए मासु…

काठमाडौं । उपचारका लागि अस्पताल लैजाने बहानामा एक कैदीलाई होटलमा लगेर मासु तथा बियर खुवाउनुका साथै युवतीसँग समय बिताउन दिएको आरोपमा…
होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासी भेषबहादुर दर्जीको उपचारका क्रममा मृत्यु

होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासी भेषबहादुर दर्जीको उपचारका क्रममा…

काठमाडौं । सुकुमबासी बस्तीबाट विस्थापित भई कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका भेषबहादुर दर्जीको उपचारका क्रममा बिहीबार निधन भएको छ। स्वास्थ्यमा समस्या…

Leave a Reply

Your email address will not be published. Required fields are marked *