- जेष्ठ ८, २०८३
- No Comment
- 10
बिहान खाली पेटमा दही खाँदा पेटसम्बन्धी समस्या कम हुने

दहीको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। विशेषगरी बिहान खाली पेटमा दही खानुले शरीरलाई आवश्यक पोषक तत्व प्रदान गर्नुका साथै पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्ने विश्वास गरिएको छ। दहीमा क्याल्सियम, प्रोटिन, भिटामिन तथा लाभदायक ब्याक्टेरिया पाइने भएकाले यसले विभिन्न स्वास्थ्य समस्याबाट जोगाउन सहयोग पुर्याउँछ।
दहीमा पाइने राम्रो ब्याक्टेरियाले आन्द्राको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ। यसले पाचन प्रक्रियालाई सहज बनाउनुका साथै पेटमा जमेको फोहोरलाई बाहिर निकाल्न सहयोग गर्ने बताइन्छ। नियमित रूपमा बिहान दही सेवन गर्दा पेट हलुका र सफा रहने अनुभव धेरैले गर्ने गरेका छन्।
१. पाचन प्रणाली स्वस्थ राख्न सहयोगी
दैनिक बिहान खाली पेटमा दही खानुले पाचन क्रियालाई सहज बनाउन मद्दत गर्छ। दहीमा पाइने प्रोबायोटिक तत्वले पेटसम्बन्धी समस्या कम गर्न सहयोग पुर्याउने विश्वास गरिन्छ। साथै यसले पेटलाई चिसो राख्ने र कब्जियतजस्ता समस्या घटाउन मद्दत गर्न सक्छ।
२. रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी
दहीमा रहेका पौष्टिक तत्व तथा लाभदायक ब्याक्टेरियाले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउन सहयोग पुर्याउँछन्। नियमित सेवनले शरीरलाई विभिन्न संक्रमण तथा रोगसँग लड्न सहायता मिल्ने मानिन्छ।
३. हड्डी मजबुत बनाउन मद्दत
दहीमा क्याल्सियम, प्रोटिन र भिटामिन डी प्रशस्त मात्रामा पाइन्छ। यी तत्वहरूले हड्डी र दाँत बलियो बनाउन सहयोग पुर्याउने भएकाले नियमित दही सेवन लाभदायक मानिन्छ।
४. शरीरलाई तुरुन्त ऊर्जा प्रदान
बिहान खाली पेटमा दही खाँदा शरीरले छिट्टै ऊर्जा प्राप्त गर्ने बताइन्छ। यसले दिनभर शरीरलाई सक्रिय र ताजगी महसुस गराउन मद्दत गर्न सक्छ।
स्वास्थ्य विज्ञहरूका अनुसार सन्तुलित मात्रामा दही सेवन गर्नु लाभदायक भए पनि कुनै विशेष स्वास्थ्य समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार सेवन गर्नु उपयुक्त हुन्छ।



