• जेष्ठ ५, २०८३
  • No Comment
  • 5

दुई थान घरेलु पेस्तोलसहित नेपाली युवक भारतमा पक्राउ

काठमाडौँ — नेपाल–भारत सीमावर्ती क्षेत्रमा दुई थान घरेलु पेस्तोलसहित एक नेपाली युवक भारतमा पक्राउ परेका छन्। सशस्त्र सीमा बल (एसएसबी) ४१औँ वाहिनी अन्तर्गत कादोमनीजोत ई कम्पनीका जवानहरूले उनलाई नियन्त्रणमा लिएका हुन्।

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–७, कालीखोला काँकडभिट्टाका ३१ वर्षीय नवीन थापा मगर रहेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई सोमबार गोप्य सूचनाको आधारमा भारतको भालुगाडा क्षेत्रमा पक्राउ गरिएको हो।

एसएसबीले शंकास्पद अवस्थामा रहेका मगरमाथि जाँच गर्दा उनको साथबाट दुई थान घरेलु पेस्तोल, एक थान म्यागजिन र ४ सय भारतीय रुपैयाँ बरामद भएको जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा मगरले पैसाको प्रलोभनमा परी बिहार राज्यको किशनगञ्ज जिल्लास्थित गलगलियाबाट पानीटंकीसम्म अवैध हतियार ओसारपसार गर्ने गरेको खुलेको भारतीय सुरक्षा अधिकारीहरूले बताएका छन्।

एसएसबीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि बरामद हतियारसहित मगरलाई थप अनुसन्धान तथा कारबाहीका लागि खोरीबाडी थाना प्रहरीको जिम्मा लगाएको छ। भारतीय प्रहरीले उनीविरुद्ध आम्र्स एक्ट अन्तर्गत मुद्दा दर्ता गरेको जनाएको छ। उनलाई आज सिलिगुडी जिल्ला अदालतमा उपस्थित गराइने बताइएको छ।

सम्बन्धित खबर

श्रम मन्त्रालयका कर्मचारीलाई नयाँ नियम: घुस, उपहार र सरकारी गाडीको निजी प्रयोगमा प्रतिबन्ध

श्रम मन्त्रालयका कर्मचारीलाई नयाँ नियम: घुस, उपहार र सरकारी…

काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहतका सम्पूर्ण निकायमा कार्यरत कर्मचारीहरूका लागि नयाँ आचारसंहिता लागू गरेको छ। मन्त्रालयको पुनर्संरचनापछि…
कस्ता व्यक्तिले कफी पिउनु हुँदैन ?

कस्ता व्यक्तिले कफी पिउनु हुँदैन ?

कफी धेरै मानिसको दैनिक जीवनको हिस्सा बनेको छ। कसैलाई बिहान उठ्ने बित्तिकै तातो कफी चाहिन्छ भने कोही दिनभरि पटक–पटक कफी पिउने…
फेसबुकमा लामो स्टाटस लेखेका दार्चुलाको सम्पाल माविका प्रधानाध्यापक धामी विद्यालयमै मृत फेला

फेसबुकमा लामो स्टाटस लेखेका दार्चुलाको सम्पाल माविका प्रधानाध्यापक धामी…

धनगढी — दार्चुलाको ब्याँस गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामी विद्यालयकै निवासमा मृत फेला परेका छन्। सोमबार बिहान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *