• बैशाख २३, २०८३
  • No Comment
  • 21

खोटाङका सांसद आरेन राईको अठोट : ‘गरिबको पक्षमा लड्छु, भ्रष्टाचार हुन दिन्नँ’

श्रम संस्कृति पार्टीका तर्फबाट खोटाङबाट निर्वाचित २९ वर्षीय युवा सांसद आरेन राईले आफू गरिब, सुकुम्बासी र सीमान्तकृत समुदायको आवाज बन्नकै लागि संसदमा आइपुगेको बताएका छन्। उनले आफ्नो पार्टी सीमान्तकृत वर्गको हकहितका लागि सधैँ अग्रपङ्क्तिमा उभिने स्पष्ट पारेका छन्।

पछिल्लो समय राजधानीमा विना विकल्प सुकुम्बासी बस्तीमा डोजर चलाइएको घटनाको उनले कडा विरोध गर्दै आएका छन्। जातीय विभेदविरुद्ध निरन्तर बोल्दै आएका राई अहिले डोजर आतङ्कबाट पीडित सुकुम्बासीहरूलाई सान्त्वना दिन विभिन्न बस्तीहरूमा पुगिरहेका छन्। श्रम संस्कृति पार्टीले उचित व्यवस्थापन विना गरिबलाई उठीबास लगाउन नहुने अडान राख्दै आएको छ।

सांसद राईले सुशासन र राष्ट्रिय स्वाधीनताको मुद्दालाई पनि उत्तिकै महत्त्व दिएका छन्। सुकुम्बासीको हकअधिकार सुनिश्चित गर्न आफू र आफ्नो पार्टी निरन्तर लड्ने प्रतिबद्धता जनाउँदै उनले भनेका छन्, “हामी आफू पनि भ्रष्टाचार गर्दैनौँ र देश बेच्ने खेल पनि हुन दिँदैनौँ।”

चुनावका बेला खोटाङका मतदातासँग गरेका बाचाहरू आफ्नै कार्यकालमा पूरा गर्ने दृढता उनले व्यक्त गरेका छन्। जिल्लामा अलपत्र परेका विकास निर्माणका कामलाई तीव्रता दिने र किसानलाई सताइरहेको बाँदरको आतंक समाधान गर्ने उनको प्रमुख योजना छ। यसका साथै, समतामूलक समाज निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने उनले बताएका छन्।

वर्षौंदेखि जरा गाडेर बसेका पुराना राजनीतिक दलहरूलाई पन्छाएर आफूलाई जिताउने खोटाङका मतदातालाई कहिल्यै निराश नबनाउने उनले वाचा गरेका छन्। देशमा व्याप्त गरिबी, अभाव र विभेद अन्त्य गर्ने हुटहुटीले नै आफू राजनीतिमा होमिएको बताउँदै उनले देश बनाउने र बचाउने अभियानमा आफू जस्तोसुकै परिस्थितिमा पनि नडग्मगाउने संकल्प गरेका छन्।

सम्बन्धित खबर

जाजरकोटमा १८२२ रोपनी अवैध अफिम र गाँजा खेती नष्ट

जाजरकोटमा १८२२ रोपनी अवैध अफिम र गाँजा खेती नष्ट

जाजरकोट । जाजरकोटका विभिन्न स्थानीय तहमा व्यावसायिक रूपमा गरिएको अवैध अफिम र गाँजा खेती ठूलो परिमाणमा नष्ट गरेको छ। ‘लागु औषधमुक्त…
स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। स्वस्थ जीवनका लागि सही खानपिन, नियमित व्यायाम र सकारात्मक जीवनशैली अत्यन्त आवश्यक हुन्छ। रोग लागेपछि…
पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *