• चैत्र १६, २०८२
  • No Comment
  • 10

बालश्रम मुद्दामा एमाले सांसद रेखा शर्मा पक्राउ: ‘बालेन युग’मा पुराना फाइल खुल्दै, ओली हिरासतमा, महेश बस्नेतको खोजी

‘सरी नानु, समय आउँछ।’ प्रधानमन्त्री बालेन शाहको यो चर्चित वाचा अन्ततः पूरा भएको छ। बालश्रम र हिंसाको आरोप लागेकी एमाले प्रदेश सांसद रेखा शर्मालाई प्रहरीले आइतबार मध्यराति पक्राउ गरेको छ। तत्कालीन ओली सरकारले मुद्दा नचलाउने निर्णय गर्दै उनलाई जोगाएको भए पनि, काठमाडौं महानगरले विगतमा उद्धार गरेकी ती बालिकाले अन्ततः न्याय पाउने आशा पलाएको छ।

सत्ताको आडमा जोगिएका हाइप्रोफाइल व्यक्तिहरूको फाइल खोल्ने अभियानअन्तर्गत वर्तमान ‘बालेन सरकार’ निकै आक्रामक देखिएको छ। यसै अभियानको शृंखलामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत पक्राउ गरिएको छ भने एमालेका अर्का नेता महेश बस्नेतलाई पक्राउ गर्न व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ।

शर्माको पक्राउ र ओलीको गिरफ्तारीसँगै तत्कालीन सरकारले जोगाएका आरोपितहरूको उठिबास सुरु भएको छ। विगतमा शक्तिको आडमा दबाइएका अपराधका फाइलहरू एकपछि अर्को गर्दै खुल्न थालेपछि राजनीतिक वृत्तमा ठूलो भूकम्प गएको छ। सत्ताको आडमा जोगिएकाहरू धमाधम पक्राउ पर्दै गर्दा अब पालो कसको ? सर्वसाधारणमा चासो बढेको छ।

सम्बन्धित खबर

व्यवसायी दीपक भट्ट पाटनबाट पक्राउ 

व्यवसायी दीपक भट्ट पाटनबाट पक्राउ 

काठमाडौं — व्यवसायी दीपक भट्टलाई प्रहरीले ललितपुरको पाटन क्षेत्रबाट पक्राउ गरेको छ। उनलाई नियन्त्रणमा लिइएको विषयमा एक प्रहरी अधिकारीले जानकारी दिएका…
सुर्खेतका यातायात र मालपोत कार्यालयमा प्रहरीको छापा: १६ जना बिचौलिया पक्राउ

सुर्खेतका यातायात र मालपोत कार्यालयमा प्रहरीको छापा: १६ जना…

सुर्खेत, १९ चैत । सुर्खेतकाे वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने तथा काम गरिदिने बहानामा रकम असुल्ने १६…
बिचौलिया अन्त्य गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बिचौलिया अन्त्य गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बुटवल। दानबहादुर कार्कीले बिचौलियाको प्रचलन अन्त्य गर्न तथा निःशुल्क निवेदन लेख्ने व्यवस्था मिलाउन प्रहरीलाई निर्देशन दिएका छन्। इलाका प्रहरी कार्यालय बुटवल परिसरमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *