• चैत्र १५, २०८२
  • No Comment
  • 11

मुटु स्वस्थ राख्न चाहनुहुन्छ ? यी ४ खानेकुरालाई आफ्नो आहारमा समावेश गर्नुस्

 मुटु सम्बन्धी रोग बढ्दै गइरहेको अवस्थामा स्वास्थ्य विज्ञहरूले खानपानमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। विशेषगरी मुटुरोग लाग्नुको प्रमुख कारण असन्तुलित भोजन हुने भएकाले दैनिक आहारमा ध्यान दिनुपर्ने बताइएको छ।

विज्ञहरूका अनुसार बढी चिल्लो, गुलियो र नुनिलो खानेकुरा सेवन गर्दा लो डेन्सिटी लिपोप्रोटिन (खराब कोलेस्टेरोल) बढ्छ, जसले रक्तनली साँघुरो बनाउँदै रक्तप्रवाह अवरुद्ध गर्न सक्छ। यसले कोरोनरी हार्ट डिजिज र हृदयघातको जोखिम बढाउँछ।

यस्तो अवस्थामा मुटुको स्वास्थ्य जोगाउन चार प्रकारका खानेकुरामा विशेष जोड दिन सुझाव दिइएको छ।

हरियो सागसब्जी लाभदायक
पालुङ्गो, मेथी, रायो, तोरी लगायतका हरियो सागपातमा भिटामिन, खनिज तथा पोषक तत्व प्रशस्त पाइन्छ। यी तत्वहरूले रक्तचाप नियन्त्रण गर्न र रगत जम्न नदिन सहयोग गर्ने भएकाले दैनिक आहारमा समावेश गर्नु उपयुक्त मानिन्छ।

कम चिनी भएका फलफूल उपयुक्त
फलफूलमध्ये कम चिनी भएका विकल्प मुटुका लागि लाभदायक हुन्छन्। विशेषगरी बेरी वर्गका फलफूलले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्ने बताइएको छ।

फाइबरयुक्त आहार आवश्यक
फाइबरयुक्त खानेकुराले शरीरमा कोलेस्टेरोल र ग्लुकोजको मात्रा नियन्त्रणमा राख्न मद्दत गर्छ। गेडागुडी, जौ, गाँजर, ब्रोकाउली, काउली, च्याउ, सुन्तला जस्ता खानेकुरा मुटु स्वास्थ्यका लागि उपयोगी मानिन्छन्।

प्रोटिनयुक्त तर सन्तुलित आहार
माछा–मासु प्रोटिनको राम्रो स्रोत भए पनि सन्तुलित मात्रामा मात्र सेवन गर्न सुझाव दिइएको छ। साथै दाल र गेडागुडीलाई दैनिक खानामा समावेश गर्नुपर्छ।

विज्ञहरूले खानपानसँगै नियमित व्यायाम, तौल नियन्त्रण र धूम्रपान–मद्यपान त्याग्न पनि जोड दिएका छन्। उच्च रक्तचाप र मधुमेह जस्ता समस्या पनि मुटुरोग को जोखिम कारक भएकाले समग्र जीवनशैली सुधार आवश्यक रहेको बताइएको छ।

त्यस्तै अत्यधिक नुनिलो, चिल्लो, जंकफुड, तारेको तथा बोसोयुक्त मासु सेवनले मुटुमा नकारात्मक असर पार्ने भएकाले यस्ता खानेकुराबाट टाढा रहन सुझाव दिइएको छ।

सम्बन्धित खबर

व्यवसायी दीपक भट्ट पाटनबाट पक्राउ 

व्यवसायी दीपक भट्ट पाटनबाट पक्राउ 

काठमाडौं — व्यवसायी दीपक भट्टलाई प्रहरीले ललितपुरको पाटन क्षेत्रबाट पक्राउ गरेको छ। उनलाई नियन्त्रणमा लिइएको विषयमा एक प्रहरी अधिकारीले जानकारी दिएका…
सुर्खेतका यातायात र मालपोत कार्यालयमा प्रहरीको छापा: १६ जना बिचौलिया पक्राउ

सुर्खेतका यातायात र मालपोत कार्यालयमा प्रहरीको छापा: १६ जना…

सुर्खेत, १९ चैत । सुर्खेतकाे वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने तथा काम गरिदिने बहानामा रकम असुल्ने १६…
बिचौलिया अन्त्य गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बिचौलिया अन्त्य गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बुटवल। दानबहादुर कार्कीले बिचौलियाको प्रचलन अन्त्य गर्न तथा निःशुल्क निवेदन लेख्ने व्यवस्था मिलाउन प्रहरीलाई निर्देशन दिएका छन्। इलाका प्रहरी कार्यालय बुटवल परिसरमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *