शनिबार इरान ले साउदी अरेबिया स्थित प्रिन्स सुल्तान एयर बेसमा मिसाइल तथा ड्रोनमार्फत आक्रमण गरेको जनाएको छ। सीबीएस न्युज (बीबीसीको अमेरिकी साझेदार) ले स्रोतलाई उद्धृत गर्दै उक्त आक्रमणमा १२ जना अमेरिकी सैनिक घाइते भएको जानकारी दिएको हो।
स्रोतका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था अत्यन्त गम्भीर रहेको छ भने अन्य १० जना गम्भीर रूपमा घाइते भएका छन्। सैन्य शब्दावलीमा ‘धेरै गम्भीर’ र ‘गम्भीर’ अवस्थाबीच स्पष्ट भिन्नता हुने जनाइएको छ।
यसैबीच, पछिल्लो २४ घण्टामा कुवेत मा छ वटा ड्रोन खसालिएको त्यहाँको राष्ट्रिय गार्डले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ। कुवेतको बन्दरगाह प्राधिकरणका अनुसार देशको प्रमुख व्यापारिक बन्दरगाह सुवैकमा आक्रमण भए पनि मानवीय क्षति नभएको उल्लेख गरिएको छ।
उता, तेल अभिभ मा मिसाइल आक्रमण हुँदा ५२ वर्षीय एक व्यक्तिको मृत्यु भएको म्यागेन डेभिड एडोम (एमडीए) ले जनाएको छ। साथै, शहरका अन्य स्थानमा दुई जना घाइते भएका छन्।
इजरायल रक्षा बल (आईडीएफ) का अनुसार शुक्रबार राति इरानबाट प्रहार गरिएका केही क्षेप्यास्त्रहरू अवरोध गरिएको थियो र सर्वसाधारणलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको थियो। टाइम्स अफ इजरायल का अनुसार प्रयोग गरिएका केही क्षेप्यास्त्रमा क्लस्टर बम वारहेड रहेको थियो, जसले ससाना विस्फोटकहरू ठूलो क्षेत्रमा फैलाउने क्षमता राख्छ।
सुर्खेत, १९ चैत । सुर्खेतकाे वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने तथा काम गरिदिने बहानामा रकम असुल्ने १६…
बुटवल। दानबहादुर कार्कीले बिचौलियाको प्रचलन अन्त्य गर्न तथा निःशुल्क निवेदन लेख्ने व्यवस्था मिलाउन प्रहरीलाई निर्देशन दिएका छन्। इलाका प्रहरी कार्यालय बुटवल परिसरमा…