• चैत्र १३, २०८२
  • No Comment
  • 11

 ‘भिआइपी मुभमेन्ट’का नाममा नागरिकले दुःख पाउनु भएनः गृहमन्त्री सुधन गुरुङ

काठमाडौं — नवनियुक्त गृहमन्त्री सुधन गुरुङले ‘भिआइपी मुभमेन्ट’का नाममा नागरिकले सास्ती भोग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताएका छन्।

गृह मन्त्रालयमा पदभार ग्रहण गरेपछि कर्मचारीलाई निर्देशन दिँदै उनले परिवर्तनको सुरुआत आफैंबाट गर्नुपर्नेमा जोड दिए। जेनजी आन्दोलनका अगुवा रहेका मन्त्री गुरुङले मन्त्रीहरूको सेवासुविधा कटौती र सवारी आवागमनका क्रममा नागरिकलाई दुःख दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका थिए।

“नागरिक तहमा ‘भिआइपी मुभमेन्ट’ले गाह्रो पार्दै आएको छ, यस्तो कार्य नगर्न सबै मन्त्रीहरूलाई आग्रह गर्दछु,” उनले भने।

मन्त्री गुरुङले सांसदको सुविधा जनतालाई समर्पण गर्ने घोषणा गरेका छन् भने पदभार ग्रहणपछि निजी सवारी प्रयोग गर्दै मन्त्रालयबाट बाहिरिएका थिए।

यसैबीच, मन्त्रालय तथा मातहतका निकायबाट हुने सेवा प्रवाहलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने निर्णय गरिएको छ। साथै, जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई राज्यका तर्फबाट सुविधा उपलब्ध गराउन विभिन्न मन्त्रालयका प्रतिनिधिसहित कार्यदल गठन गरिने उनले जानकारी दिए।

सम्बन्धित खबर

सुर्खेतका यातायात र मालपोत कार्यालयमा प्रहरीको छापा: १६ जना बिचौलिया पक्राउ

सुर्खेतका यातायात र मालपोत कार्यालयमा प्रहरीको छापा: १६ जना…

सुर्खेत, १९ चैत । सुर्खेतकाे वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने तथा काम गरिदिने बहानामा रकम असुल्ने १६…
बिचौलिया अन्त्य गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बिचौलिया अन्त्य गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बुटवल। दानबहादुर कार्कीले बिचौलियाको प्रचलन अन्त्य गर्न तथा निःशुल्क निवेदन लेख्ने व्यवस्था मिलाउन प्रहरीलाई निर्देशन दिएका छन्। इलाका प्रहरी कार्यालय बुटवल परिसरमा…
आजदेखि SEE परीक्षा सञ्चालन

आजदेखि SEE परीक्षा सञ्चालन

सुर्खेत । सुर्खेत जिल्लाको चौकुने गाउँपालिका अन्तर्गत झकमके गुटुस्थित जीवन ज्योति माध्यमिक विद्यालयमा आजदेखि माध्यमिक शिक्षा परीक्षा (SEE) सञ्चालन सुरु भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *