• चैत्र ८, २०८२
  • No Comment
  • 7

जन्डिस किन हुन्छ, जान्नुहोस् लक्षण र बच्ने उपाय

 काठमाडौंजन्डिस (पहेँलो रोग) एक सामान्य तर गम्भीर स्वास्थ्य अवस्था हो, जसमा शरीरको छाला र आँखाको सेतो भाग पहेँलो देखिन्छ। यो अवस्था रगतमा ‘बिलिरुबिन’ नामक पदार्थको मात्रा अत्यधिक बढ्दा देखिने गर्दछ।

जन्डिस किन हुन्छ ?

स्वास्थ्य विज्ञका अनुसार शरीरमा रातो रक्तकोशिका करिब १२० दिनमा टुक्रिने क्रममा बिलिरुबिन उत्पादन हुन्छ। सामान्य अवस्थामा यो कलेजो हुँदै पिसाब र दिसासँग बाहिर निस्कन्छ। तर कलेजोको समस्या, संक्रमण वा अन्य कारणले बिलिरुबिनको मात्रा बढेमा जन्डिस देखिन्छ।

जन्डिस कलेजोसम्बन्धी रोगसँग बढी जोडिए पनि सेप्सिस, मलेरिया तथा प्यान्क्रियाटिक क्यान्सर जस्ता रोगमा पनि देखा पर्न सक्छ। केही अवस्थामा मुटु सम्बन्धी समस्याले समेत बिलिरुबिनको मात्रा बढाएर जन्डिस निम्त्याउन सक्छ।

देखिने लक्षणहरू

जन्डिस हुँदा शरीरमा विभिन्न लक्षण देखिन्छन्, जसमध्ये मुख्य लक्षणहरू यस्ता छन्:

  • छाला पहेँलो हुनु
  • आँखाको सेतो भाग पहेँलो देखिनु
  • पिसाब गाढा पहेँलो हुनु
  • दिसाको रंग असामान्य हुनु
  • ज्वरो आउनु र पेट दुख्नु
  • भोक नलाग्नु, थकान र अल्छी लाग्नु
  • शरीर चिलाउनु र तौल घट्नु

यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ।

जोखिममा को ?

नवजात शिशुमा जन्डिस सामान्य रूपमा देखिए पनि वृद्धवृद्धामा यो समस्या जटिल बन्न सक्छ। त्यसैले उमेरअनुसार विशेष सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव छ।

बच्ने उपाय

जन्डिसबाट जोगिनका लागि खानपान र जीवनशैलीमा ध्यान दिनु अत्यन्त जरुरी हुन्छ:

  • सफा र शुद्ध खाना तथा पानीको प्रयोग गर्ने
  • बाहिरको अस्वच्छ खाना सकेसम्म नखाने
  • सन्तुलित आहार लिने
  • मदिरा तथा लागूपदार्थ सेवनबाट टाढा रहने
  • नियमित व्यायाम र योग गर्ने

घरेलु उपाय

केही घरेलु उपायहरूले पनि जन्डिसमा सहयोग पुर्‍याउन सक्छन्:

  • त्रिफला भिजाएर बिहान पिउने
  • धनियाँको पानी सेवन गर्ने
  • नीमको पातको रस वा चटनी खाने
  • बिहान खाली पेट टमाटरको रस पिउने
  • भिटामिन C युक्त फलफूल (कागती, सुन्तला, अमला) सेवन गर्ने
  • उखुको रस पिउने

स्वास्थ्य विज्ञहरूका अनुसार घरेलु उपाय अपनाउँदा पनि समस्या जटिल भएमा ढिलाइ नगरी अस्पताल जानु नै सबैभन्दा सुरक्षित विकल्प हो।

सम्बन्धित खबर

नोरा फतेहीलाई भारतले देशनिकाला गर्न लागेको हो ?

नोरा फतेहीलाई भारतले देशनिकाला गर्न लागेको हो ?

 काठमाडौं — बलिउड अभिनेत्री नोरा फतेहीलाई भारतबाट देशनिकाला गर्न माग उठेको विषयले अहिले कानुनी र राजनीतिक रूप लिएको छ। कन्नड चलचित्र…
कोलम्बियामा सैन्य विमान दुर्घटना: ३४ जनाको मृत्यु, दर्जनौं घाइते

कोलम्बियामा सैन्य विमान दुर्घटना: ३४ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी — कोलम्बियाको दक्षिणी अमेजन क्षेत्रमा पर्ने पुटुमायो प्रान्तमा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ७०…
फिट रहन चाहनुहुन्छ? बिहान खाली पेट यी ५ खानेकुरा नखानुहोस्

फिट रहन चाहनुहुन्छ? बिहान खाली पेट यी ५ खानेकुरा…

स्वास्थ्य राम्रो राख्न र दिनभर ऊर्जावान रहन बिहानको नास्ता निकै महत्वपूर्ण मानिन्छ। तर गलत खानेकुरा छनोट गर्दा यसको उल्टो असर पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *