• फाल्गुन ११, २०८२
  • No Comment
  • 44

बालेनको अभिव्यक्तिप्रति निर्माण व्यवसायीको आपत्ति, माफी माग्न माग

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घ ले बालेन शाह को पछिल्लो अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

महासङ्घले सोमबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहले निर्माण व्यवसायीहरूप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिलाई ‘अमर्यादित, अराजक र उत्तेजक’ भन्दै तत्काल सार्वजनिक रूपमा आत्मालोचना गर्न माग गरेको हो।

फागुन ६ गते धनगढीमा आयोजित चुनावी सभामा शाहले विकास निर्माणमा भइरहेको ढिलाइप्रति टिप्पणी गर्दै व्यवसायीलाई ‘रुखमा बाँधेर, बाटोमा सुताएर वा खोरमा जाकेर भए पनि बाटो बनाउनुपर्ने’ अभिव्यक्ति दिएका थिए। महासङ्घले उक्त भनाइले देशभरका ३० हजारभन्दा बढी निर्माण व्यवसायीको मानमर्दन गरेको दाबी गरेको छ।

महासङ्घका पदाधिकारीहरूले विकास निर्माणमा ढिलाइ हुनुको कारण व्यवसायी मात्र नभई सरकारको नीतिगत कमजोरी तथा अव्यवहारिक ऐन–कानुन रहेको बताएका छन्। उनीहरूका अनुसार राज्यसँग साढे ६ खर्ब रुपैयाँभन्दा बढीका आयोजनाहरू रहे पनि ती सम्पन्न गर्न आवश्यक स्रोत–साधनको सुनिश्चितता सरकारसँग छैन। हाल देशभर करिब ३० हजार आयोजना अलपत्र अवस्थामा रहेको महासङ्घको भनाइ छ।

महासङ्घले प्राविधिक पृष्ठभूमि भएका जिम्मेवार नेताबाट तथ्य नबुझी सस्तो लोकप्रियताका लागि धम्कीपूर्ण भाषा प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीत रहेको उल्लेख गरेको छ।

साथै, यस विषयलाई गम्भीर रूपमा लिन आग्रह गर्दै निर्वाचन आयोग को समेत ध्यानाकर्षण गराइएको जनाएको छ।

सम्बन्धित खबर

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सिलको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सिलको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिल ले सामाजिक सञ्जालमार्फत परीक्षणबिनै औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन दिएको छ। काउन्सिलका अनुसार TikTok, Instagram तथा…
कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु

कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई…

 धनगढी, ५ वैशाख । कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु भएको छ। चुरे गाउँपालिका–३ का ५…
चौकुने गाउँपालिका वडा नं. १ मा टावर निर्माणका लागि BTS सर्भे शुरु , सञ्चार सेवा विस्तार हुने संकेत

चौकुने गाउँपालिका वडा नं. १ मा टावर निर्माणका लागि…

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. १ मा लामो समयदेखि टेलिफोन तथा सञ्चार सेवाको पहुँचबाट टाढा रहेका बस्तीहरूमा अब सञ्चार सेवा विस्तार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *