• फाल्गुन ६, २०८२
  • No Comment
  • 79

शिवरात्रिमा पशुपतिनाथ मन्दिर परिसरमै प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालु भक्तजन तथा ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं का अनुसार मकवानपुरको ठूलदमार घर भई हाल काठमाडौं महानगरपालिका–१३ चागल बस्दै आएका २५ वर्षीय रिजन श्रेष्ठ पक्राउ परेका हुन्।

प्रहरीका अनुसार शिवरात्रिको भीडभाडका क्रममा उनले एक महिला भक्तजनसँग दुर्व्यवहार गरेका थिए। त्यसपछि स्थिति नियन्त्रणमा लिन खोज्ने प्रहरी कर्मचारीमाथि पनि कुटपिट गरेको आरोप छ।

घटनापछि उनलाई बुधबार स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *