• फाल्गुन १, २०८२
  • No Comment
  • 91

निर्वाचन सुरक्षालाई लक्षित गर्दै सुर्खेतमा k- 9 सहित संयुक्त चेकिङ, लागूऔषधसहित एक जना पक्राउ

सुर्खेत। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी सुर्खेतमा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन केनाइन (K-9) टोलीसहित संयुक्त प्रहरी गस्ती तथा चेकिङ अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

 शुक्रबार बिहान ०८:३५ बजे केनाइन शाखा कोहलपुर बाट खटिएको दुई वटा तालिम प्राप्त कुकुरसहितको टोली, जिल्ला प्रहरी कार्यालय सुर्खेत, लागूऔषध नियन्त्रण शाखा तथा प्रहरी चौकी सुब्बाकुनाबाट पनि खटिएका  २५ जना संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना चेकपोष्ट मा विशेष चेकिङ अभियान सञ्चालन गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिमानाकाबाट भित्रिन सक्ने अवैध हातहतियार, विस्फोटक पदार्थ तथा लागूऔषध नियन्त्रण गर्ने उद्देश्यले तालिम प्राप्त ‘डग’ सहित संयुक्त रूपमा चेकिङ गरिएको छ। सो क्रममा जिल्ला सुर्खेत वीरेन्द्रनगर–९ लाटिकोइली बस्ने २४ वर्षीय गौरव रावललाई शंकास्पद अवस्थामा जाँच गर्दा उनको साथबाट नापतौल नगरिएको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सात पोका बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुर्खेत जिल्लाका प्रमुख प्रवेश नाका, मुख्य बजार तथा दुबै निर्वाचन क्षेत्रमा तालिम प्राप्त कुकुर र प्राविधिक जनशक्तिको सहायतामा नियमित गस्ती, चेकिङ तथा सुरक्षा कारबाहीलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *