• माघ २७, २०८२
  • No Comment
  • 73

मदिराजन्य तथा सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणका लागि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

चौकुने। चौकुने गाउँपालिकामा मदिराजन्य तथा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगबाट उत्पन्न स्वास्थ्य, सामाजिक तथा आर्थिक समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले मदिराजन्य तथा सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। चौकुने गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम गाउँपालिकाको सभाहलमा सञ्चालन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपाने रहनुभएको थियो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गगन सिंह पाण्डेयले सहजीकरण तथा प्रस्तुतिकरण गर्दै मदिरा र सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा पार्ने नकारात्मक असर, दीर्घकालीन रोगको जोखिम, परिवार र समाजमा पर्ने प्रभाव तथा यससम्बन्धी प्रचलित कानुनी व्यवस्था र स्थानीय तहको भूमिकाबारे स्पष्ट पार्नुभयो। उहाँले मदिरा तथा सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि समुदायस्तरमै सचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा सामाजिक विकास संयोजक कमल जि.सी. ले बोल्दै मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोगले सामाजिक विकृति, घरेलु हिंसा, गरिबी र बालबालिकाको भविष्यमा प्रत्यक्ष असर पारिरहेको बताउनुभयो।

यस किसिमका कार्यक्रमले समुदायलाई सचेत बनाउँदै व्यवहार परिवर्तनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष खडक बिवस वासपाने ले मदिराजन्य तथा सुर्तीजन्य पदार्थको नियन्त्रण स्थानीय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “मदिरा र सुर्तीजन्य पदार्थले व्यक्ति मात्र होइन, सिंगो समाजलाई असर पारिरहेको छ। यसको नियन्त्रणका लागि नीति, नियम र कानुन कडाइका साथ कार्यान्वयन गर्नुका साथै जनचेतना अभिवृद्धि आवश्यक छ।” अध्यक्ष वासपानेले स्वास्थ्य शाखाले सञ्चालन गरेका यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा अन्य उपस्थित व्यक्तिहरूले मदिरा तथा सुर्तीजन्य पदार्थको दुरुपयोगले स्थानीय तहमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे आ–आफ्नो धारणा राखेका थिए। सहभागीहरूले विद्यालय, टोलस्तर र समुदायमा यस्ता कार्यक्रम अझै विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

अन्तरक्रिया कार्यक्रममा मदिराजन्य तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि स्थानीय तह, समुदाय, परिवार र व्यक्तिको संयुक्त भूमिकाबारे छलफल गरिएको थियो। साथै, नियन्त्रणका लागि निगरानी, सचेतना र कानुनी कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो। कार्यक्रमले मदिराजन्य तथा सुर्तीजन्य पदार्थको सेवन न्यूनीकरण गर्दै स्वस्थ, सुरक्षित र समुन्नत समाज निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत।  अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा…
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *