• माघ २६, २०८२
  • No Comment
  • 133

सुर्खेतमा ब्राउनसुगरसहित दुई जना पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा दुई जनालाई ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ। आइतबार दिउँसो करिब २ बजे वीरेन्द्रनगर नगरपालिका–१०  मा लागूऔषधको कारोबार भइरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट संयुक्त प्रहरी टोली खटिएको थियो।

उक्त टोलीले शंकास्पद अवस्थामा फेला पारेका वीरेन्द्रनगर नगरपालिका–१० निवासी २८ वर्षीय दिपक विक र २५ वर्षीय अशोक विकलाई नियन्त्रणमा लिई शरिर तथा घरकोठा खानतलासी गर्दा उनीहरूको साथबाट शुद्ध ५ ग्राम ४२० मिलिग्राम लागूऔषध ब्राउनसुगर रितपूर्वक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरिएको छ। अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *