• माघ २३, २०८२
  • No Comment
  • 69

बैतडीमा जन्ती बोकेको बस दुर्घटना : १३ जनाको मृत्यु

बैतडी। बैतडीको पुर्चौडी नगरपालिका–७ वडुगाउँ मोडमा बिहीबार राति जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।

दुर्घटनामा मृत्यु हुनेमा सहोदर दाजु–भाइ नरेन्द्रराज जोशी (प्राविधिक सहायक) र विष्णुदत्त जोशी (शिक्षक) रहेका छन्। उनीहरू बेहुलाका सहोदर काका हुन्। यस्तै कृषि प्राविधिक वसन्तराज जोशी, उनका सहोदर भिनाजु वसन्तराज रताला, बुवा–छोरा मोहनदेव भट्ट र केशवराज भट्ट तथा १४ वर्षीय सुशील जोशी (बेहुलीका भाइ) ले पनि ज्यान गुमाएका छन्।

अन्य मृतक तथा घाइतेहरू पनि बेहुला परिवारका आफन्त र इष्टमित्र नै रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बस बैतडीको पुर्चौडीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गर्दा साँघुरो र उकालो सडकमा घुम्ती काट्ने क्रममा ‘ब्याक’ गर्दा भीरबाट खसेको हो। दुर्घटनापछि चालक वीरेन्द्र बुढालाई नियन्त्रणमा लिइएको छ।

प्रारम्भिक अनुसन्धानमा दुर्घटनाको कारण साँघुरो बाटो र ओभरलोड रहेको प्रहरीको भनाइ छ। दुर्घटनामा बेहुलाका एक काकाको खुट्टा भाँचिएको छ भने ठूलो बुवा घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति…

 सुर्खेत। चौकुने गाउँपालिकाको सभाहलमा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।…
चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

सुर्खेत। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको मन्त्रीको भनाई अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम…
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *