• माघ २३, २०८२
  • No Comment
  • 87

कसैलाई गालीगलौज नगर्न रवि लामिछानेको आग्रह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा औपचारिक रूपमा चुनावी प्रचार सुरु गरेका छन्।

शुक्रबार चितवन–२ का विभिन्न स्थानमा खोलिएका पार्टी कार्यालयको उद्घाटन गर्दै लामिछानेले चुनावी अभियानको सुरुआत गरेका हुन्। सो अवसरमा उनले अबको लडाइँ कुनै दल वा उम्मेदवारविरुद्ध नभई गरिबी, अशिक्षा, बेरोजगारीलगायत देशका जटिल समस्याविरुद्ध भएको बताएका छन्।

चुनावी अभियानका क्रममा कसैलाई पनि गालीगलौज नगर्न आग्रह गर्दै उनले कसैले गाली गरे पनि त्यसको प्रतिवाद नगर्न कार्यकर्तालाई अनुरोध गरे। लामिछानेले अबको सबैभन्दा प्रभावकारी जवाफ मतदानको दिन मतपत्रमा छाप लगाएर दिने नै भएको धारणा व्यक्त गरे।

सभापति लामिछानेले निर्वाचनका क्रममा देशभर प्रचारमा जानुपर्ने भएकाले चितवनबासीसँग धेरै भेटघाट गर्न नपाउने उल्लेख गर्दै मतदानमार्फत समर्थन जनाउन आग्रह गरे।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति…

 सुर्खेत। चौकुने गाउँपालिकाको सभाहलमा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।…
चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

सुर्खेत। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको मन्त्रीको भनाई अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम…
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *