- माघ २२, २०८२
- No Comment
- 82
३ लाख बालिकालाई एचपीभी खोप दिइँदै

लाईका संवाददाता
July 8, 2024
0Shares
काठमाडौँ। सरकारले देशभरका करिब ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी (HPV) खोप प्रदान गर्ने भएको छ। आगामी आइतबारदेखि खोप कार्यक्रम सुरु हुने जनाइएको छ।
परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार कक्षा ६ मा अध्ययनरत तथा १० वर्ष उमेर पुगेका बालिकालाई लक्षित गरी खोप कार्यक्रम अघि बढाइएको हो। एचपीभी खोपलाई अब नियमित खोप कार्यक्रममा समावेश गरिएको छ।
यसअघि गत वर्ष सरकारले अभियानका रूपमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीसमेत गरी करिब १६ लाख किशोरीलाई खोप दिएको थियो। तीमध्ये ९४ प्रतिशतले खोप लगाएका थिए।
एचपीभी खोप कार्यक्रम विद्यालय र स्वास्थ्य संस्थामार्फत सञ्चालन गरिने जनाइएको छ।



