- माघ २२, २०८२
- No Comment
- 65
टी–२० विश्वकप वार्मअप : आज क्यानडासँग नेपाल

काठमाडौँ। आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपालले आज अन्तिम वार्मअप खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।
खेल बिहीबार चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ। यसअघि नेपालले पहिलो वार्मअप खेलमा युएईलाई ७ विकेटले पराजित गरेको थियो।
विश्वकपको तयारी स्वरूप आयोजना गरिएका यी वार्मअप खेलपछि नेपालले आउँदो आइतबार इंग्ल्यान्डसँग खेल्दै टी–२० विश्वकपको औपचारिक सुरुआत गर्नेछ।



