• माघ २१, २०८२
  • No Comment
  • 73

ओलीको तीव्र आलोचनापछि त्यस्ता प्रसारण रोक्न एमालेको माग

काठमाडौं — नेकपा एमालेले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको भन्दै आपत्ति जनाएको छ। विभिन्न राजनीतिक दल र उम्मेदवारविरुद्ध प्रविधिको दुरुपयोग गर्दै भ्रम सिर्जना गरिएको आरोप लगाउँदै एमालेले यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ।

प्रचार विभाग प्रमुख तथा आम निर्वाचनका लागि पार्टी प्रेस संयोजक मीनबहादुर शाहीको हस्ताक्षरमा जारी विज्ञप्तिमा प्रविधिको प्रयोग गैर–जिम्मेवार र गैर–राजनीतिक ढङ्गले भइरहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “विभिन्न राजनीतिक दल, तिनका उम्मेदवार तथा निर्वाचन चिन्हका बारेमा भ्रम सिर्जना गर्ने उद्देश्यले कलाकारहरूको प्रयोग र प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गरिँदै आएको विषयप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ।”

एमालेले पार्टीको निर्वाचन चिन्ह परिवर्तन गरिएको जस्ता भ्रामक प्रचार सामग्री तयार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने कलाकार वा जो–कोहीलाई पनि कानुनको दायरामा ल्याइने स्पष्ट पारेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गरिएका गालीगलौज, अमर्यादित तथा असभ्य शब्द प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रतामाथि आघात पुर्‍याउने सामग्रीप्रति समेत विज्ञप्तिमार्फत आपत्ति जनाइएको छ।

यसैबीच, शाहीले फागुन २१ गते हुने निर्वाचनका लागि १६३ निर्वाचन क्षेत्रमा एमालेको उम्मेदवारी दर्ता भइसकेको जानकारी दिएका छन्। उनका अनुसार कर्णाली प्रदेशको रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको छ भने मनाङमा प्राविधिक कारणले उम्मेदवारी कायम हुन नसकेको छ।

एमालेले लोकतान्त्रिक मर्यादा कायम राख्दै निष्पक्ष र स्वस्थ प्रतिस्पर्धामा सहभागी हुन सबै पक्षलाई आग्रह गरेको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *