• माघ २०, २०८२
  • No Comment
  • 86

खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ

झापा। झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागूऔषध खैरो हिरोइनसहित एक युवती पक्राउ परेकी छन् । यति एयरलायन्सको उडान नम्बर ९२६ मार्फत काठमाडौँ जान लागेकी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–२ निवासी २६ वर्षीया रोशनी बुढालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार अपराह्न करिब ५ः३५ बजे सुरक्षा जाँचका क्रममा उनको सुरुवालको दुवै गोजीबाट १४४ ग्राम ४०० मिलिग्राम खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार रोशनी बुढा भारतको कोलकातास्थित एक जापानिज रेस्टुरेन्टमा विगत दुई वर्षदेखि वेटरका रूपमा कार्यरत थिइन् । हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

उनको बयानका आधारमा लागूऔषध कारोबारमा संलग्न थप दुई जनालाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी गाउँपालिका–६ निवासी ३० वर्षीय सन्तोष बञ्जारा र रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–५ निवासी २१ वर्षीय थोर्मस तामाङलाई सोही अभियोगमा पक्राउ गरेको बताइएको छ ।

प्रहरीले लागूऔषध कारोबारको नेटवर्कबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *