• माघ २०, २०८२
  • No Comment
  • 113

भोलिदेखि देशभर नेपाली सेना परिचालन

काठमाडौं। सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि भोलि माघ २१ गतेदेखि देशभर नेपाली सेना परिचालन गर्ने भएको छ । सरकारले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेसँगै कार्यविधिअनुसार बुधबारदेखि सेना परिचालन गर्न लागिएको हो ।

निर्वाचन सुरक्षार्थ ७९ हजार ७२७ जना नेपाली सेना परिचालन गरिनेछ । हाल सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका सार्वजनिक भवन, कारागार तथा अन्य संवेदनशील स्थानमा समेत नेपाली सेनाले सुरक्षा जिम्मेवारी सम्हाल्ने बताइएको छ । निर्वाचन आयोगको उच्चस्तरीय सुरक्षा समितिको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर ११ गते सेना परिचालनको स्वीकृति प्रदान गरिसक्नुभएको थियो ।

सुरक्षा योजना अनुसार आवश्यकताअनुसार गस्ती तथा पेट्रोलिङ सञ्चालन गरिनेछ भने संवेदनशील क्षेत्र र मतदानस्थलको अवस्थालाई मध्यनजर गर्दै संयुक्त गस्ती पनि गरिने जनाइएको छ ।

निर्वाचन सुरक्षामा नेपाल प्रहरीबाट ७५ हजार ५९७ जना खटिनेछन् । साथै, प्रहरी मातहत रहने गरी १ लाख ३० हजार ९८० जना निर्वाचन प्रहरी परिचालन हुनेछन् । सशस्त्र प्रहरी बलबाट ३४ हजार ५७६ जना सशस्त्र प्रहरी र सशस्त्र प्रहरी मातहत रहने गरी १५ हजार ११० जना निर्वाचन प्रहरी परिचालन गरिनेछ । यस्तै, १ हजार ९२१ जना गुप्तचरसमेत निर्वाचन सुरक्षामा परिचालन हुने जनाइएको छ ।

सरकारले व्यापक सुरक्षा व्यवस्था मार्फत निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्ने लक्ष्य लिएको जनाएको छ

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *