- माघ २०, २०८२
- No Comment
- 76
चौकुने गाउँपालिकामा एचपिभी खोप सञ्चालनका लागि समन्वय समिति अभिमुखिकरण तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

चौकुने। आर्थिक वर्ष २०८२/२०८३ मा एचपिभी (HPV) खोप सञ्चालन गर्नका लागि चौकुने गाउँपालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । चौकुने गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोला प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि.क. विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढा, स्वास्थ्य शाखा प्रमुख गगन पाण्डे, वडा नम्बर ८ का वडा अध्यक्ष कमल जि.सी., वडा नम्बर ५ का वडा अध्यक्ष तुलाराम हिस्की मगर, वडा नम्बर ४ का वडा अध्यक्ष टोप बहादुर बुढा क्षेत्री लगायत स्वास्थ्य इकाईका कर्मचारी, शिक्षक तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले एचपिभी खोपले विशेषगरी महिलामा हुने पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) रोकथाममा ठूलो भूमिका खेल्ने बताउँदै लक्षित उमेर समूहका किशोरीहरूलाई खोप लगाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।कार्यक्रममा खोप सञ्चालनको रणनीति, लक्ष्य समूह पहिचान, विद्यालय तथा समुदाय स्तरमा जनचेतना फैलाउने उपायहरूबारे छलफल गर्दै आगामी अभियानलाई प्रभावकारी बनाउने योजना तयार गरिएको थियो । भने कार्यक्रमको सञ्चालन जनक बि.क. ले गर्नुभएको थियो ।



