• माघ २०, २०८२
  • No Comment
  • 124

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा मध्यम हिमपात र वर्षाको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रणालीको प्रभावका कारण देशभर आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा साधारणतया बदली रहनेछ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति पनि हिमाली भागमा साधारणतया बदली रहनेछ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भू–भागमा मौसम सफा रहने अनुमान गरिएको छ । रातिको समयमा पनि उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात र वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाले तराई भू–भागमा हुस्सु तथा कुहिरोको प्रभाव कायमै रहने र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात तथा वर्षा हुनसक्ने भएकाले चिसो बढ्ने चेतावनी दिएको छ । यसले दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन, पदयात्रा साथै हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *