• माघ १९, २०८२
  • No Comment
  • 90

चौकुने गाउँपालिकामा बालबालिका सम्बन्धि स्थिति प्रतिवेदन २०८२ माथि विस्तृत छलफल बैठक सम्पन्न

चौकुने। चौकुने गाउँपालिकामा बालबालिका सम्बन्धि स्थिति प्रतिवेदन २०८२ विषयमा सरोकारवालाहरूसँग विस्तृत छलफल बैठक सम्पन्न भएको छ। बालबालिकाको समग्र अवस्था, शिक्षा, स्वास्थ्य, सुरक्षा, पोषण, बालअधिकार संरक्षण तथा बालमैत्री स्थानीय शासनका विषयहरूलाई समेट्दै तयार गरिएको प्रतिवेदनमाथि छलफल गर्दै आगामी नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुर्याउने उद्देश्यले बैठक आयोजना गरिएको हो। चौकुने गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा तथा युनिसेफको आर्थिक सहयोगमा सम्पन्न उक्त बैठकको सभाध्यक्षता गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोलाले गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष खडक बिवस बासपानेको उपस्थिति रहेको थियो भने विशेष अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि.क सहभागी रहनुभएको थियो। बैठकमा शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढा, स्वास्थ्य शाखा प्रमुख गगन पाण्डे, वडा नं. ८ का वडा अध्यक्ष कमल जि.सी., इलाका प्रहरी कार्यालय गुटुका इन्चार्ज बुद्ध सागर चौधरी ,लगायत शिक्षक , कर्मचारी, सरोकारवाला निकाय तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बालबालिकाको वर्तमान अवस्थाबारे तयार गरिएको स्थिति प्रतिवेदन प्रस्तुत गर्दै चौकुने गाउँपालिकामा बालबालिकाले भोगिरहेका अवसर र चुनौतीहरूबारे छलफल गरिएको थियो।

विशेषगरी बालशिक्षामा पहुँच, विद्यालय बाहिर रहेका बालबालिका, बालविवाह, बालश्रम, पोषण समस्या, स्वास्थ्य सेवामा पहुँच, हिंसा तथा संरक्षणका विषयहरूमा गम्भीर बहस गरिएको थियो । प्रमुख अतिथि गाउँपालिका अध्यक्ष खडक बिवस बासपानेले बालबालिकाको भविष्य सुरक्षित बनाउनु स्थानीय सरकारको प्राथमिक दायित्व भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र संरक्षणका क्षेत्रमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।

त्यसैगरी सभाध्यक्ष उपाध्यक्ष नर बहादुर बान्तोलाले बालअधिकार सुनिश्चित गर्न पालिकाले नीति निर्माणदेखि कार्यान्वयनसम्म सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। बैठकमा सहभागी सरोकारवालाहरूले प्रतिवेदनमा उल्लेखित तथ्यांक र अवस्थालाई आधार मानेर आगामी दिनमा बालमैत्री योजना निर्माण, लक्षित कार्यक्रम सञ्चालन तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रमले चौकुने गाउँपालिकामा बालबालिकाको समग्र विकास, अधिकार संरक्षण तथा सुरक्षित वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *