• माघ १८, २०८२
  • No Comment
  • 87

सुर्खेतमा लागुऔषध परिक्षण किटमार्फत सेवनकर्ताको पहिचान कार्यक्रम सुरु

सुर्खेत — जिल्लामा बढ्दो लागुऔषध दुर्व्यसनलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेत र सरोकारवाला निकायहरूले नयाँ कार्यक्रम सञ्चालनमा ल्याएका छन्। यस कार्यक्रम अन्तर्गत लागुऔषध परिक्षण किट प्रयोग गरी छिटो, सरल र वैज्ञानिक तरिकाले व्यक्तिहरूको लागुऔषध सेवनको पहिचान गरिनेछ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कार्यक्रमको मुख्य उद्देश्य युवा पुस्तालाई लागुऔषधको जोखिमबाट जोगाउने, विद्यालय, कार्यस्थल र समुदायमा सुरक्षित वातावरण सिर्जना गर्नु, र लागुऔषध सेवनकर्ता पहिचान गरेर समयमै कानुनी कारबाही तथा उपचार/पुनर्स्थापनामा सहयोग गर्नु हो।

यस अभियानमा urine (पिसाब) र saliva (थुक) परिक्षण विधि प्रयोग गरिनेछ। प्रयोग हुने किटहरूमा SoToxa, Integrated panel E-Z split key drug test, Single drug test र Multiple drug test रहेका छन्। यी किटहरूले हेरोइन, मोर्फिन, मारिजुआना, कोकेन, एम्फेटामाइन, ओपिओइड्स, केटामिन लगायत १२ प्रकारका लागुऔषधको पहिचान गर्न सक्ने क्षमता राख्छन्।

लक्ष्य समूहमा लागुऔषध कसुरमा संलग्न व्यक्ति, सार्वजनिक सवारी चालक, शंकित युवा र समुदायका अन्य सदस्यहरू पर्दछन्। परिक्षण सुर्खेतका विभिन्न स्थानहरू—बिरेन्द्रनगरपालिका भित्रको बसपार्क, बाङ्गेसिमल, पिपिरा, छिन्चु, बाबियाचौर, बोटेचौर, मेहेलकुना, जहरे, बादेपिपल लगायत—मा सञ्चालन गरिनेछ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, स्थानीय निकाय, यातायात व्यवसायी संघ, पत्रकार/सञ्चारकर्मी, UNOPS, कर्णाली प्रदेश प्रहरी अस्पताल, समुदाय–पुलिस साझेदारी समितिहरू र लागुऔषध पुनर्स्थापना केन्द्रहरूको भूमिका महत्वपूर्ण रहनेछ।

नेपालको लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार लागुऔषध उत्पादन, बिक्री, वितरण, खरीद, सेवन लगायतका क्रियाकलाप कानुनी रूपमा निषेधित छन्। कानुन उल्लंघन गर्दा गाँजा सेवनमा एक महिनासम्म कैद वा दुई हजार रूपैयाँ जरिवाना र अफिम/कोका/अन्य लागू औषध सेवनमा एक वर्षसम्म कैद वा दश हजार रूपैयाँ जरिवाना लाग्ने प्रावधान छ।

सुरक्षा, सचेतना र समयमै पहिचानका माध्यमबाट लागुऔषध दुर्व्यसन घटाउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *